जान्नुहोस्, तपाईँको कुण्डलीमा कतै एकभन्दा बढी विवाहको योग त छैन ?

काठमाडाैँ । विवाह, दुई महिला र पुरुषबीचको एक सामाजिक वा धार्मिक सम्बन्ध हो । जसले तिनीहरूकोबीचमा अधिकार र दायित्वहरू स्थापित गर्दछ । विवाहको परिभाषा केवल संस्कृति र धर्मकोबीचमा जोडेर पूर्ण हुँदैन । यो मुख्यतया एक संस्था हो जुन अन्तरक्रियात्मक सम्बन्ध रहन्छ र जहाँ यौन र सन्तान जन्माउन स्वीकार गरिन्छ । यतिमात्र होइन विबाह जीवनको एक महत्वपूर्ण पर्याय पनि हो जसले जीवनमा धेरै सम्बन्धहरु स्थापित गर्दछ । हरेक ब्यक्तिको विवाह उसको स्वभाव संस्कृति र आवस्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ । ज्योतिस शास्त्रीय मान्यता अनुसार ग्रह नै ब्यक्तिको विवाहमा कारक बन्दछ । जस अनुसार कुनै पनि ब्यक्तिको कुण्डलीमा एक भन्दा बढी विवाहको योग हुन सक्दछ । कानुन अनुसार बहुविवाह वर्जित भए पनि हाम्रा समाजमा बहुविवाहका गरेकाहरु प्रशस्तै छन् । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रुपमा विश्वास पनि गरिन्छ ।

आउनुहोस् जानौँ ब्यक्तिको कुण्डलीमा वहुविवाहको योग कुन ग्रह दशाका कारण बन्छ ?

१) जुन ब्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छ र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता ब्यक्तिको एक भन्दा बढी विवाह हुनसक्छ ।

२) ब्यक्तिको कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा बिराजमान हुन्छ भने यस्ता ब्यक्तिको एक भन्दा बढी पत्नी हुन सक्छन् ।

३) कुनै पनि ब्यक्तिको कुण्डलीको लग्न एक उच्च गृह राशीमा हुन्छ भने त्यस्ता ब्यक्तिहरुको पनि एक भन्दा अधिक विवाह हुने सम्भावना रहन्छ ।

४) जव ब्यक्तिको कुण्डलीमा लग्नेश र चतुर्थ भावको स्वामी केन्द्रिय भावमा हुन्छ भने यस्ता ब्यक्तिको पनि बहुविवाह हुने योग प्रबल हुन्छ ।

५) कुनै पनि ब्यक्तिको कुण्डलीमा सप्तमेश भावमा शनि बिराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभाबित हुन्छ भने पनि यसकिसिमका ब्यक्तिको बहुबिवाह हुने योग हुन्छ । एजेन्सीको सहयोगमा

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…