चीनसँगको सहमति नेपालले पूर्ण रूपमा कार्यान्वयन गर्छ : नेता नेपाल

सांघाइ(चीन) । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चीनसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताउनुभएको छ ।

नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन एससिओ पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन जानुभएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहनुभएका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताउनुभयो ।

उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र बीच हुन लागेको एकताले चीन खुशी भएको उहाँले बताउनुभयो । ‘दुई पार्टीबीचको एकताको कुरालाई उहाँहरु निकै खुशी हुनुभयो । एकता घोषणासभाका लागि समेत चिनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौ्र’, उहाँले भन्नुभयो, ‘उहाँहरु एकताको बेला नेपाल आउने कुरा गर्नुभएको छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…