गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताउनुभएको छ । प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ जनजनमा स्वास्थ्य पहँुच हाम्रो अभियान कार्यक्रमको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पतालमा भएका साधन स्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले गरीब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो वा त्यो बहानामा प्रयोगविहीन नगर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउनु पर्ने बताउँदै उपचारको अभावमा बाहिर जानुनपर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्यकर्मी स्वच्छ भए स्वास्थ्य सेवा पनि गुणस्तरीय हुने बताउँदै स्वास्थ्य रहन नियमित व्यायाम पहिलो आधार रहेको विचार व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव शंकर पाठकको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख डा उमाशंकर चौधरीले अभियान सञ्चालनको उद्देश्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा योगसमेत गराइएको थियो नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गतको यो अभियान आज प्रदेश नम्बर ५ सहित सबै प्रदेशमा शुरु गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…