नाइजेरियामा बोको हरामद्वारा एक हजार बालबालिकाको अपहरण

संयुक्त राष्ट्रसंघ, न्युयोर्क । नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन् ।

लडाकूहरुले बालबालिकालाई हानी हुनेगरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको पनि युनिसेफले जनाएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा १४ सयभन्दा बढी विद्यालयमा आक्रमणकारीले क्षति पु¥याएका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफले थप जानकारी दिँदै भनेको छ, “धेरै विद्यालयमा अझै पनि फेरी पढाई शुरु हुनसकेका छैनन, विद्यालय अत्याधिक क्षति भएको र सुरक्षाको प्रत्याभूति अझै नभएकाले विद्यालय फेरी खुल्न नसकेका हुन् ।”

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वको ध्यान त्यसतर्फ गएको थियो ।

यो दुःखद् घटना भएको चार वर्षसम्ममा एक सय बालिका मात्रै घर फर्केका युनिसेफले जनाएको छ ।

सबैभन्दा पछिल्लो घटनाअनुसार डाम्चीमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परी कम्तीमा पाँच बालिका मारिएका छन् ।

यो पछिल्लो घटनाले त्यस क्षेत्रमा अहिलेसम्म पनि असुरक्षा र आतंक जारी छ भन्ने पुष्टि भएको अधिकारकर्मीले बताएका छन् ।

बालबालिकालाई असर पर्ने गरी विद्यालयमा पटक पटक भइरहेको आक्रमण अत्यन्त निन्दनीय छ,” नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि मालिक फलले भन्नुभयो ।

सन् २००९ बाट बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी दशौं हजार व्यक्ति मारिएका छन् भने २३ लाख व्यक्तिले आफ्नो थातथलो छोडी अन्यत्र जानुपरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…