कडा निगरानीमा चिनीया नाका ‘रसुवागढी’ मा जोडियो सीसीटीभी क्यामरा

अनु आचार्य,
रसुवा । नेपाल र चिनबिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सिसिटिभि जडान गरिएको छ । गोसाईकुण्ड गाउँपालिका २ टिमुरेदेखि रसुवागढीसम्म १२ वटा सिसिटिभि क्यामेरा जडान गरिएको हो । नाकामा हुनसक्ने अवैध क्रियाकलाप रोक्नका लागि टिमुरेदेखि रसुवागढीसम्म १२ बटा क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए । उनले भने नाकामा आवश्यक प्रविधिको अभावमा अवैध क्रियाकलाप रोक्न समस्या हुँदै आएको थियो, सीसीटीभी जडान गरेपछि निगरानी गर्न सहज हुने अपेक्षा राखेका छौँ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारमा पनि सीसीटीभी जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच वटा र जिल्ला कारागारमा ३ वटा गरी ८ वटा सीसीटीभी जोडिएको प्रहरी नायव उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताए ।

चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेसँगै तेस्रो मूलकमा नागरिकले समेत रसुवागढी नाकाको प्रयोग गरेर नेपाल भित्रने गरेका छन् । भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात तथा निर्यात बढ्दै गइरहेको छ ।

चीनबाट करुको पीठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफि, ओखर, स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुकको आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखी झ्याल लगायतका वनजन्य सामग्री निर्यात हुँदै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…