पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण

काठमाडौं । सरकारले महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ ।

सरकारले सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको हो । यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सुरक्षित मातृत्वसम्बन्धि सेवालाई सहज बनाउन देशभर ३ महिने ४ वटा अभियान सोमबारबाटै सूरु गरिएको पनि जानकारी दिनुभयो ।

सरकारले बैशाखदेखि असारसम्मको ३ महिनामा देशभरका सबै अस्पतालहरुबाट महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुलाको निःशुल्क परिक्षण अभियान संचालन गर्नेछ । त्यसैगरी श्रावणदेखि असोजसम्मको ३ महिनामा ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना अभियान संचालन गरिनेछ ।

कार्तिकदेखि पौषसम्म सुरक्षित मातृत्वसम्बन्धि चेतना जगाउन देशभर निबन्ध लगायतका प्रतियोगित्मक कार्यक्रम संचालन गरिनेछ । राज्यमन्त्री अर्यालले पुसदेखि फागुनसम्म भने किशोरीहरुले महिनावारीमा गर्ने सरसफाई सम्बन्धि चेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको पनि जानकारी दिनु भयो । उहाँल सरकारले सुरक्षित मातृत्व सेवालाई वडा तहसम्मै पु¥याउने गरी आवश्यक योजना अघि सारेको पनि स्पष्ट पार्नुभयो ।

राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउन स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने पनि बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…