‘हर्टअट्याक्ट’ भएका मन्त्री यादवको सफल उपचार

काठमाडौं । प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादवको मुटुको सफल शल्यक्रिया भएको छ ।

उहाँ एक्कासी बिरामी परी शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना हुनुभएको थियो । बैशाख १ गते ‘हर्ट अट्याक्ट’ को समस्याका कारण मन्त्री यादवलाई सलार्हीको सदरमुकाम मलङ्गवास्थित ओम क्लिनिकमा भर्ना गरिएको उहाँका स्वकीय सचिव सन्तोष प्रतिहस्तले जानकारी दिनुभयो ।

समस्या प्रतिकुल भएकोले उक्त क्लिनिकमा सामान्य प्राथमिक उपचार गरी सोही दिन १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत मन्त्री यादवलाई काठमाडौंको शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा ल्याइएको थियो ।

अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारीवारिक स्रोतले जनाएको छ । तर पनि बोल्दा अझै स्वास फुल्ने समस्या रहेको स्वकीय सचिव प्रतिहस्तले बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…