प्रदेश नम्बर ५ को तीन महिने बजेट पास

बुटवल । प्रदेश नं. ५ सरकारले प्रस्तु गरेको बजेट आज पास भएको छ । दुई सम्म संसदमा छलफल भएपछि सोमबार बसेको संसदको बैठकले बजेट पास गरेको हो । चार दिन अघि सरकारले प्रस्तुत गरेको तीन महिने बजेटमा आईतबार देखि छलफल सुरु भएको थियो ।

सोमबारको संसद बैठकमा पनि सांसदहरुले बजेटले सवैलाई समेटन नसकेको बताएका थिए । संसदमा उठेका विषयहरुको जवाफमा मुख्यमन्त्री शंकर पोखरेलले असारमा ल्याउने बजेटमा सम्पूर्ण विषयहरु समेटिने बताए । प्रदेशका सवै विषयहरुलाई तीन महिनाको १ अर्ब २ करोडको बजेटमा समेटिएको भएपनि केही थप्नुपर्ने विषयलाई असारको बजेटमा थप गर्ने उनले बताए । प्रतिपक्ष सांसदले भने सरकारले झारा टार्नेगरी मात्र बजेट ल्याएको संसदमा बताएका थिए ।

बैठकमा बोल्दै सांसद बलदेव शर्मा पोखरेलले सरकारले छलफल नै नगरी बजेट ल्याएको भन्दै बजेटमा सवैका विषयहरुलाई समेटनुपर्ने बताए । उनले सहिद आलोक कुमार शर्माको स्मृतिमा उनको शालिक जिल्लामा राख्नुपर्ने बताए ।
त्यसैगरी सांसद ईन्द्र प्रसाद पोखरेलले प्राथमिकताका आधारमा बजेट समाबेश नभई हचुवाको भरमा विषयहरु बजेटमा पारेको आरोप लगाए ।

बैठकमा सांसदहरु कृष्णध्वज खड्का, कृष्ण न्यौपाने, कुल प्रसाद पोखरेल, सन्तोष कुमार पाण्डे, खड्ग बहादुर खत्री र रमा अर्यालले बोलेका थिए । संसदको अर्को बैठक बैशाख १२ गते दिउसो १ बजे बोलाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…