श्रम मन्त्रालयको निर्णयः विदेशमा जेल परेकालाई निःशुल्क परामर्श

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपालीहरुलाई निःशुल्क कानुनी परामर्श दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सोमबार बसेको बैठकले वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपाली श्रमिकहरुलाई निःशुल्क कानुनी परामर्श दिने निर्णय गरेको हो ।

काम गर्न गएका नेपाली कामदारलाई न्याय दिलाउन राज्य आफैले कानुनी सेवा उपलब्ध गराउने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो । श्रमको खोजिमा गएका आफ्ना नागरिकलाई न्यायका लागि परामर्श दिनु सरकारको दायित्व भएको मन्त्री विष्टको भनाई छ ।

सरकारले श्रम गन्तव्य मुलुकहरुमा श्रमिकहरुको सहयोगको लागि जनशक्ति राख्ने निर्णय पनि गरेको छ । सम्बन्धित मुलुकको भाषा जानेका विज्ञहरुलाई निश्चित कार्यभार दिएर नेपाली नियोगहरुका जनशक्ति व्यवस्थापन गर्न लागिएको पनि मन्त्री विष्टले बताउनु भयो ।

बोर्ड बैठकले बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सबै स्थानीय तहमा श्रमिकका परिवारलाई सेवा सुविधा प्रदान गर्ने विषयमा आवश्यक सुझाव दिन श्रम सचिव नेतृत्वको कार्यदल पनि बनाएको छ । त्यसैगरी हालसम्म गन्तव्य मुलुकहरुसँग भएको सम्झौता पुनरावलोकन गर्न र नयाँ सम्झौता गर्दा समेटने विषयका बारेमा सुझाव दिन पूर्वसचिव पूर्णचन्द्र भट्टराई नेतृत्वको अर्को कार्य दल पनि बनाएको छ ।

मन्त्री विष्टले बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाहरुको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० दिन भित्र छुट्टै कक्ष र प्रतिक्षालय बनाउने निर्णय गरिएको पनि बताउनु भयो । बोर्ड बैठकमा उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले आवश्यक नीतिगत र संरचनागत सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…