रसुवा । जन्मदिन मनाउदा केक काटेर मनाउने गरेको हामिले देखेका छौँ । तर वन्यजन्तुको जन्मदिन मनाएको भने देख्न त के सुनिएको पनि छैन् होला । त्यस्तै भएको छ, रसुवाको सदरमुकाम सोमबार ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको ९ औँ जन्मोत्सब सोमबार रसुवाको सदरमुकाम धुन्चेमा मनाईएको छ । २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा आयोजित छैटौ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवमा एक समारोहकाबीच रेडपाण्डाको नवौँ जन्मोत्सव मनाइएको हो । २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा आयोजित छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सबको सोमबार भएको एक समारोहमा जिल्लाको प्रदेश सभा ‘ख’ का सांसद प्रभात लामाले केक काटेर जन्मोत्सव मनाइएको हो । गत वर्ष केक काटेर डमीलाई खुवाइएको भएपनि यो वर्ष डमीको अभावमा केक मात्र काटिएको बताइएको छ ।
बिश्वमै दुर्लभ मानिएको रेडपाण्डा जन्मिएको कहिलेदेखि भन्ने नभएपनि रसुवामा भने ९ बर्ष अघिदेखि मनाउने गरेको भएतापनि रसुवामा भने २०७२ देखि औपचारिक रुपमा केक काटेर मनाउन थालिएको थियो । दुर्लभ बन्यजन्त भएकाले सहजै नियन्त्रणमा लिई बिशेष समारोहका बिच केक खुवाउन सम्भब नभएकाले केक काटेर रेडपाण्डाको जन्मोत्सव मनाइएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए ।
उनले भने हामिले बिगतका बर्षहरुदेखि रेडपाण्डाको जन्मोत्सव मनाउदै आएका थियौ, सहजै रुपमा रेडपाण्डालाई नै नियन्त्रणमा लिन नसकिने भएको हुनाले गत बर्ष देखि हामिले बन्यजन्तु सप्ताहको अवसरमा बैशाख ३ गते औपचारिक रुपमा केक काटेर रेडपाण्डाको जन्मोत्सब मनाउन थालेका छौँ ।
नौलो तरिकाले बन्यजन्तुको जन्मदिन मनाउदा दुर्लब बन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न सहयोग पुग्ने रेग्मिको भनाई छ । सदरमुकाम धुन्चे स्थित पुरानो स्वागतद्धार देखि बालमन्दिरसम्म याली सहित रेडपाण्डाको जन्मदिन मनाइएको हो ।रेडपाण्डाको संरक्षण गर्न हरेक सभा समारोह लगायत गाउँस्तरमा जनचेतना फैलाउदै ऐक्यबद्धताका साथ अघि बढ्नुपर्ने कार्यक्रमको मुख्य आयोजक लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज ल्याकोषका अध्यक्ष सन्तोष घलेले बताए । उनले भने पर्यटकिय क्षेत्र रहेको रसुवामा पाईने दुर्लभ बन्यजन्तु रेडपाण्डालाई चिनाउन सबै पक्षको उत्तिकै सहयोग रहेको छ,यस्तै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा बिश्वमा नै दुर्लभ हुने अबस्थामा रहेको हुदाँ रेडपाण्डाको सुन्य चोरि सिकार उन्मुख रहेको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्नका लाङटाङ राष्ट्रिय निकुञ्ज लागि गाउँस्तरमा समिति गठन गरि संरक्षणको काम भईरहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा बिश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले बताएका छन् ।बैशाख १ गते देखि नै रसुवाको सदरमुकाम धुन्चेमा २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरिय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सब भईरहेको छ ।
बैशाख ७ गतेसम्म हुने उक्त उत्सबमा स्थानीय कला संस्कृति, पर्यटन, हस्तकला, सरसफाई, पोषण लगायतको जानकारी मूलक स्टल राखिने, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सांगेतिक कार्यक्रम र पार्क भर्सेज जनप्रतिनिधिबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रम सञ्चालन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेको छ । कार्यक्रमका लागि पाँच वटा गाउँपालिका, विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत आयोजनाले सहयोग गरेका छन् ।