सोलुखुम्बुः विमानको पछाडिको भाग कुच्चियो, दुर्घटनाबाट बच्यो

सोलुखुम्बु । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा १८ विदेशी सवार थिए । विमानमा सामान्य क्षति पुगेपछि काठमाडौंबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौँ फर्किएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ । प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ । धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…