म बेश्या रे !

                                                                     मुस्कान बोध

मलाइ कस्ले बनायो बेश्या ?
के यहि समाज अनि समाजका
ठेकेदारहरुनै होइनन् र ?

मलाइ यो उपाधी दिने
तिनिहरु नभैदिए के यो बेश्याको जन्म हुन्थ्यो होला र
देख्नेहरुले मलाइ नै गलत अनि कलङ्कित देख्छन्
मेरो बाध्यता अनि तिनिहरुको प्यास देख्दैन्न
तिनिहरुको कुन्ठित मानसिकता अनि
वासनामा लिप्त भएको नजर देख्दैनन्

आदि कालदेखि नै मेरो शरीर भोग गर्दै आएका
के यि कथित पुरुष नै होइनन् र ?
जस्ले मलाइ बेश्या भन्छन्
मैले शरीर बेचे पनि बिश्वास अनि इमान्दरिता बेचेकि छैन
तर म कहा आउने हरेकले
आफ्नो इमान्दरीता र बिस्वास धितो राखेको देखेकी छु

आफ्नो शिर सम्झिने पत्निलाइ घात गर्छन्
मकहा आउने हरेक लोग्ने मान्छेहरु
अनि आफु निकै पबित्र भएको ढोङ्ग गर्छन्
आफु पुरुष भएकोमा खोक्रो गर्व गर्छन्
दिनमा मलाइ समाजको बिकृती भन्नेहरु
रात्रीको अधेरिमा यहि शरीर लुछ्न् अाउने गर्छन्
अनि आफुले स्वर्ग को आनन्द पाएको बयान गर्छन्

दुख लाग्छ, पेटको लागि शरीर बेच्नु परेकोमा
तर गर्वले भन्छु कुनै गलत कार्य गरेको छैन
आफ्नो पेशामा घात गरेको छैन
अनि आफ्नो इमान र धर्म बेचेको छैन
जति प्यासी आएका छन तृप्त बनाएरै पठाएकि छु
धनी गरिब जो कोहि समान छन् मेरो अघि
बनाउने इस्वरले यस्तै वनाइ दिए यो जुनिमा
कुनै गुनासो छैन इस्वरङ्ग पनि
इस्वरलेनै दिएको शरीर यो तिनकै कृतिले भोग गर्दैछ्न्
इस्वरमै समर्पित जिवन यो तिनमै एकदिन मिलिजानेछु

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…