उप्रेतीको ‘आधा उज्यालो’माथि बृहत् छलफल

काठमाडौं । कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह आधा उज्यालो माथि मंगलबार बृहत् छलफल गरिएको छ । कथाकार तथा अनुवादक महेश पौड्यालले सञ्चालन गरेको कार्यक्रमको प्रारम्भमा कवि भीष्म उप्रेतीले किताबभित्रका ६ वटा कविता वाचन गर्नुभयो ।

प्रमुख वक्ताका रूपमा प्रा. डा. अमरराज जोशीले कविताले जब उत्कृष्ट विम्बहरू पाउन थाल्छ, तब कविता बोल्न थाल्दछ र कवि मौन रहन्छ भन्दै कवि भीष्म उप्रेतीको सर्वोत्कृष्ट काव्यिक शक्ति भनेको दृश्यवस्तुलाई शब्दमा परिष्कृत ढङ्गले पोख्न सक्नु हो भन्ने धारणा राख्नुभयो ।

इन्द्रियहरूको प्रयोग गरेर कविता लेख्न सक्नु कवि भीष्मको ठूलो सामर्थ्य भएकाे र त्यसले उनको कवितामा मौलिकता ल्याएको भन्दै आगामी कृतिहरूमा अझै विभिन्न विधाको लागि प्रयास गर्न सुझाव दिनुभयो ।

कवि तथा निबन्धका श्यामलले भीष्मका कविताले विवाद निम्त्याउँदैनन् तर जुन कविताले विवाद निम्त्याउँदैन त्यो जोखिम पनि हो भन्ने धारणा राख्नुभयो । कवि मञ्जुलले कवितामा भीष्म चित्रकार पनि हुन्, ती चित्रले मानिसको मनसँग, मस्तिस्कसँग संवाद गर्दछन् भन्नुभयो । समालोचक डा. विन्दु शर्माले भीष्मका कविता श्रम र सुन्दरताबाट सृजित छन् भन्ने धारणा राख्नुभएको थियो ।

निबन्धकार शेखर खरेल, कवि तथा गजलकार डा. विजय सुब्बा र डा. सृजना शर्माले समेत आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कवि उप्रेतीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…