बढ्दै मार्क्सवाद सिद्धान्तको महत्व(फोटो फिचर)

काठमाडौं । कार्ल मार्क्सलाई साम्यवादी सिन्द्धान्तको प्रणेता मानिन्छ । आजपनि विश्वका कैयौ मुलुकहरु कम्युनिष्ट सिद्धान्तको आधारमा आफ्नो शासन व्यवस्था सञ्चालन गरिरहेका छन् ।


कार्ल माक्र्सको जन्म द्वीशतवार्षिकीको अवसर पारेर विश्वका थुप्रै देशहरुमा विषेश कार्यक्रम गरिएको छ । यसैअवसरमा, नेपालमा पनि कार्ल माक्र्स विशेष राष्ट्रिय गोष्ठीको आयोजना गरिएको छ । आजको माक्र्सवादः लोकतन्त्र समृद्धि समाजवाद भन्ने मुल नारासहित कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्तबारे नेपालका कम्युनिस्ट नेताहरुले चर्चा गरेका छन् ।

माक्र्सको जन्म जर्मनीको त्रियेरस्थित यहुदी परिवारमा सन् १८१८ मे ५ मा भएको थियो । सांस्कृतिक इतिहासकारहरूले कार्ल माक्र्सलाई आधुनिक र पूर्वाधुनिक समाजको शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मानिन्छ । लेखन, पत्रकारिता, अर्थतन्त्र र दर्शनशास्त्र क्षेत्रमा माक्र्सको योगदान महत्वपूर्ण छ । माक्र्सले प्रतिपादन गरेको अतिरिक्त मूल्यको सिद्धान्त अर्थशास्त्रको क्षेत्रमा ठूलो योगदान हो ।

फ्रेडरिख एंगेल्ससँगको सहकार्यमा माक्र्सले ३० वर्षको उमेरमै कम्युनिस्ट घोषणापत्र लेखेका थिए ।

विश्वविद्यालय, एकेडेमी, साहित्य, सिनेमा, रंगमञ्च आदिमा कुनै न कुनै स्थानमा माक्र्सवादी चिन्तनको अध्ययन हुने गरेको देखिन्छ । यसलाई आधार मानेर कार्ल माक्र्स द्विशतवार्षिकी राष्ट्रिय समितिले १० हजार युवालाई मार्क्सवादको अध्ययन गराउने भएको छ । माक्र्सवादी सिद्धान्तको अध्ययन अनुसन्धानमा युवा वर्ग पनि सक्रिय हुनुपर्ने कम्युनिष्ट अनुयायीहरुको तर्क छ ।

माक्र्सले अघि सारेको श्रमिकहरूको संघ बनाउने, अधिकारका लागि लड्नेलगायतका प्रस्तावहरु दिनानुदिन सान्र्दभिक बन्दै गइरहेको छ ।
मालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गर्नुभयो ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्सवाद सम्मान नै पार्टी एकता हो भन्नुभयो । समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्सवाद लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो ।

फोटो सम्पादनः खेम बम

 

 

 

 

 

 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…