जहाँ घाटु ननाचे कन्याको मृत्यु हुन्छ

पुष्पराज अधिकारी
मकवानपुर । मध्यान्नको चर्को गर्मी, वरिपरी छाता ओढ्नेहरुको भीडकाबीच सात जना किशोरीहरु बिहानैदेखि नाचिरहेका थिए । जात्रा भर्न आएका प्रायः सबैका ध्यान ती किशोरीहरुको नाचले तानिरहेको थियो । आँखा नखोली एउटै शैलीमा १८ घण्टासम्म लगातार नाचिने घाटु नाच तामाङ समुदायले सम्भवत मकवानपुरको कैलाश–२ बैकुण्ठमा मात्र वर्षेनी वैशाख पूर्णिमाको भोलिपल्ट नाच्ने गर्छन् ।

बिधिपूर्वक बिहान दश बजेटबाट नाच्न सुरु गरेकी कौशिला थिङको अनुहारमा राती १२ बजेपनि थकाईको महशुस देखिँदैनथ्यो । पहिलो पटक घाटु नचेकी १३ वर्षीय कौशिका जस्तै अन्य छ जना किशोरीहरु पनि गुरु आमाहरुले गाएको गीतको लगतमा आफूलाई नचाइरहे ।

घाटुसरी(किशोरीहरु) श्रृङ्गारपटार गरेर जात्रा चौरमा आएपछि गुरु आमाहरुले बिभिन्न देवी देवताहरुको नाम लिँदै पश्चिमी भाकामा घाटु गाउन थाले । केही समयपछि किशोरीहरु आफै झुल्दै आँखा बन्द गरेर करिब २० मिनेट भुईमा झुले । गुरु आमाहरुको गीतको तालमा हाउभाउ प्रस्तुत गर्दै उठेर नाच्न थाल्दा बिहानीको करिब साढे १० बजेको थियो । गितकै तामालमा घोडा कुदाएको, लडाँई गरेको, रोपाई गरेको, ढकिया बुनेको, राजा रानीको बिवाह गरेको दृष्यले जात्रालुहरुको ध्यान खिचेको थियो । हिन्दु धर्मबाट प्रभावित उक्त नाचमा राजा परर्शुराम र रानी यमवतीको कथालाई गित र नाचमा उतारिन्छ । करिब १८ घण्टाको घाटु नाचको अन्त्यमा राजा रानीको देउराली बनाएर नाचमा प्रयोग भएका सबै सामग्रीहरु चढाएर फर्कने गरिन्छ ।

गुरुङ संस्कृतिमा रहेको घाटु नाच तामाङ समुदायले नाच्ने गरेको घटना बिरलै हो । तर मकवानपुरको कैलाश गाउँपालिका २ स्थित बैकुण्ठामा पुस्तौंदेखि यो नाच देखाइदै आएको छ । करिब तीन सय वर्ष अघि पश्चिम नेपालबाट बैकुण्ठमा घाटु नाच भित्रिएको स्थानीयहरुको अनुमान छ ।

गाउँमा धमाधम अबिवाहित केटीहरुको ज्यान जान थालेपछि तामाङ पुर्खाहरुले घाटु नाच नाच्न थालेको जनविश्वास छ । सिमे, भूमि र रिसाएको देवी देवता फकाउँदै अबिवाहित किशोरीहरु नाच्दा अकालमा नै ज्यान जाने क्रम रोकिएको धार्मिक मान्यता छ ।

गितसँगै घाटु नृत्यमा पनि आकर्षण घट्दो क्रममा रहेको छ । लामो समय अभ्यास र एक पटक नाचेपछि तीन वर्षसम्म लगातार नाच्नुपर्ने भएकाले नाच्ने केटीहरु पनि पाउन छाडेको छ । गितको उठानदेखि अन्त्यसम्म कुनै पनि शब्द नबिराई गाउनुपर्ने भएकाले नयाँ पुस्तालाई सिक्न पनि समस्या भएको गुरुआमाहरुको भनाई छ ।

घाटु नाच्न थालेपछि घाम, पानी, हावा, हुरी आएपनि गित नसकिएसम्म एकोहोरो हुने गरेको घाटुसरीहरु(नाच्ने किशोरीहरु)को अनुभव छ ।

करिब दुई हजार फिट उचाईमा रहेको बैकुण्ठबाट माछापुच्छ्रे, गणेश, धौलागिरी लगायत एक दर्जन हिमाल देख्न सकिन्छ । त्रिभुवन राजपथ अन्तर्गत पालुङबाट बैकुण्ठसम्म करिब ३७ किलोमिर ट्रयाक खोलिएको छ । बैकुण्ठ डाँडामा बाह्रै महिना नसुक्ने विष्णु कुण्ड र करिब एक घण्टाको दुरीमा रहेको त्यसको फेदीमा पाँच वटा दरबार रहेको महादेव गुफा रहेको छ । चिसो हावापानी र मनोरम दृष्यावलोकन गर्न सकिने बैकुण्ठमा घाटु नाचलाई पर्यटनसँग जोडेर युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ काम गरिरहेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो ।

तामाङ समुदायको फरक पहिचानको रुपमा स्थापित भएको घाटु नाचलाई जोगाउनु सबैको कर्तब्य हो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…