मरेको २७ दिनपछि नीतू हिड्दै घर फर्किएपछि….

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ काेही मरिसकेकाे ब्यक्ती फेरी हिँड्दै हिँड्दै घर फर्कियाे भन्दा कुनै फिल्मकाे दृश्यमा जस्तै लाग्ने एउटा समाचार बाहिरिएकाे छ ।

भारतीय सञ्चार माध्यम अाजतकले लेखेकाे समाचार अनुसार  नोएडामा एक २५ बर्षिय महिलासँग यस्तै अचम्मको घटना घटेको छ । परिवारले उनलाई मरेको सम्झेर दाहासंस्कार गरिदिएको थियो । तर २७ दिनपछि उनी हिडदै घर आईन । परिवारलाई यो निक्कै ठुलो आश्चर्यको बिषय बनेको थियो । पहिले त उनका अभिभावकलाई विश्वास लागेको थिएन जस्को उनीहरुले दाहसंस्कार गरेका थिए उनै अगाडि आउँदा की यो तिनै नीतू हुन् भनि जस्ले सास लिदै थिईन र जिउँदो थिईन् ।

घटना यस्तो थियो ६ अप्रिल नीतू आफ्नो घर देखी हराईन् । परिवारले प्रहरीमा निवेदन दिए । प्रहरीले नीताको श्रीमान् राम लखनमाथि शंका गर्‍यो । पछि प्रहरीले राम लखनलाई दोषी पाएन । २४ अप्रिलमा नीतूको परिवारलाई एउटा मृत शरीर देखाए जुन नोयडाको सेक्टर ११५ मा भेटेका थिए जस्को शरीर पुरै डढेको थियो । परिवारलाई उक्त शरीर नीतूको जस्तोलागेको थियो । प्रहरीले डिएनए स्याम्पल नजाँची सहजै सो शव दिएको थियो । परिवारले अन्तिम संस्कार गरेको थियो । तै पनि प्रहरीले सत्य पत्ता लगाउन घटनाको अनुसंधान गरिरह्यो ।

पछि प्रहरीले यो पत्ता लगायो की नीतू एटामा बस्ने एक व्यक्ति पुरणसँग बस्दै छ भन्ने । नीतू त्याहाबाट ५ तारिख भागेको पनि पत्ता लाग्यो । नीतू २ मे मा परिवार भएको ठाँउमा पुगिन । अहिले प्रहरी जस्को दाहसंकार भएको थियो उस्को पहिचान गर्न अनुुुसंधानरत छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…