सपनामा माेदीकाे अभिनन्दन

अशेष घिमिरे

वक्ता भन्दैथिए : डरलाग्दो भूकम्पको भयावह आहतबाट उम्किन नपाउँदै छिमेकीबाट अमानवीय नाकाबन्दी हामीले भोग्नुपर्‍यो । यस्ता तीता थुप्रै इतिहासबाट मुक्त हुन आज महामहिम मोदीजीलाई गरिएको नागरिक अभिनन्दन कामयाब रहोस् ।

१९५० को असमान सन्धिको पुनरावलोकन, बेलाबेला नेपाल भारत सीमाका स्तम्भहरु रातारात नेपालपट्टी बसाइँ सर्ने कुराको अन्त्य, नेपालका आन्तरिक मामलामा हुने अवान्छित चासो र सक्रियताले पूर्णविराम पाओस् । अलैंची, अदुवा, मरिच, सुपारी, चिया जस्ता नेपाली किसानका उत्पादनलाई अवैध रुपमा भारत पक्षले नरोकोस् । आकाश, भूमि, समुद्र तीनै क्षेत्रमा नेपालको पारवाहन अधिकारलाई थप बलियो बनाउन यथेष्ट सहयोग होस् । यसरी नेपाल भारत सम्बन्ध अझ उचाइमा पुगोस् । यो पारस्पारिक लाभ र एकआपसको सार्वभौमसत्ताको सम्मानका आधारमा अगाडि बढोस् ।

अभिनन्दन प्राप्त गरिरहेका भारतीय प्रमले एकटकले वक्तालाई हेरिरहेका थिए । जनकपुरको मैदानमा लाखौं जनता वक्ताप्रति नतमस्तक बनेर मन्तव्य सुनिरहेका थिए । उनीहरु भन्दै थिए, राष्ट्रवादी प्रधानमन्त्री पाएकोमा हामीलाई गर्व छ । यत्तिकैमा म झल्यास्स ब्युँझिएँ । २८ गते हुने भनिएको नागरिक अभिनन्दनले सपनामा पनि गतिलो साथ दिइरहेको रहेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…