प्रधानमन्त्री ओलीले संसदमा भने– भारतको सांसदले हाम्रो अखण्डतामा चुनौति दिँदै बोल्ने ?

अब छिट्टै चीन जान्छु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय साँसद कीर्ति आजादको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । भारतका केन्द्रीय सांसद अाजादले प्रधानमन्त्री नरेन्द्र माेदी जनकपुर भ्रमणमा रहेकै बेला ट्वीटमा  मिथिला भारतमा मिसाउनु पर्ने अभिव्यक्ति राखेका थिए ।

‘हाम्रो अखण्डतामा चुनौति दिँदै बोल्ने ?’ प्रधानमन्त्री ओलीले संघीय संसदको प्रतिनिधिसभा बैठकमा आइतबार बिशेष सम्बोधन गर्दै भन्नुभयो, ‘यस बिषयमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि कुरा भएको छ ।’ प्रधानमन्त्री ओली मोदीको भ्रमण विरुद्ध लाग्नेहरुप्रति कडा रुपमा प्रस्तुत हुनुभयो ।

‘केहीले मोदीलाई स्वागत नै गर्नु हुन्न भनेका थिए’ उहाँँले भन्नुभयो, विगतमा केही त्रृटी भए होलान । विगतमा त्रुटी भए भन्दैमा त्यसमा सुधार नै गर्न नखोज्ने ? विगतमा आपसमा लडेका उत्तर कोरिया र दक्षिण कोरिया त वार्तामा आए । मिल्ने कुरा भएको छ । उत्तर कोरियासँग सत्रु मान्दै आएको अमेरिकाले पनि मिल्नको लागि वार्ताको तयारी गर्दैछ । हामीमा त्यस्तो के सत्रुता छ मिल्नै नहुने ?’

प्रधानमन्त्री अाेली माेदीकाे जनकपुर अभिनन्दन समाराेहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अाफ्नाे सम्बाेधनमा संविधानमा विभेद भएकाे प्रसङ्रग उल्लेख गरेकाेमा असन्तुष्टि जनाउनु भयाे ।

प्रधानमन्त्री ओलीले आफूले छिट्टै चीनको भ्रमण गर्ने जानकारी समेत गराउनुभयो । ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको उल्लेख गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…