स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र सिटामोल अभाब..

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ ।

स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन् । सात जनाको दरबन्दी रहेको हाल स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत हुनुहुन्छ ।

स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले जानकारी दिनुभयो । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिका केन्द्रको १० मिनेटको दूरीमा छ ।

स्वास्थ्यकर्मी नहुँदा उपचारसहित प्रसुति सेवासमेत प्रभावित भएकोे छ । बिहान बेलुका एकैजनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा दैनिक २५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् तर स्वास्थ्यकर्मी नहुँदा सेवा नपाएर घर फर्किनु पर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्रबहादुर साउदले गुनासो गर्नुभयो ।

स्वास्थ्य चौकीमा कर्मचारीसँगै औषधि पनि अभाव छ गर्मीका बेला पखालाको संक्रमण बढ्ने हुँदा यहाँ सलाइनलगायतका सामान्य औषधि पनि अभाब छ । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिकाको स्वामित्वमा छ । तर नगरपालिका स्वास्थ्य सेवाबारे नगरपालिका बेखबर बनेको छ ।

औषधि गएको वर्ष मंसिरदेखि कमी भए पनि चरम अभाव चैतदेखि भएको बताइएको छ । स्वास्थ्य चौकीमा दुईजना अहेब, दुईजना अनमी, दुईजना कार्यालय सहयोगी कार्यरत छन् तर प्रायः सबैजना स्वास्थ्य चौकीमा उपस्थित हुने गरेका छैनन् । हेल्थ असिस्टेन्ट पद पनि रिक्त छ ।

स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर अयडी उक्त नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयको अस्तव्यस्तताका कारण संस्थागत सुत्केरी गराएबापत पाउने सुत्केरी भत्तासमेत सुत्केरीले नपाएको गुनासो आउन थालेको छ ।

सुत्केरी अवस्थामै सुरक्षा र आवश्यक पोषणका लागि पाउनुपर्ने भत्ता नै उधारो हुँदा सुत्केरी असन्तुष्ट बनेका छन् । संस्थामा सुत्केरी गराएबापत एक हजार ५०० र चार पटकसम्म नियमित गर्भजाँच गराएबापत थप पारिश्रमिक दिने व्यवस्था छ ।

कार्यालय सहयोगीले डेढ वर्षदेखि भ्याक्सिन ढुवानीबापतको रकमसमेत नपाएको गुनासो गरेका छन् । नगरपालिकाले भने यसबारे कुनै चासो नदिएको र तीन हप्तादेखि आर्थिक कारोबार बन्द गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…