अबको १ वर्षभित्र विराटनगरमा रेल आउने

विनु तिम्सिना
विराटनगर । नेपाल तर्फको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए अबको १ वर्षभित्र विराटनगरमा रेल आउने भएको छ ।

भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । अहिले नेपालतर्फ धमाधम लिक विछ्याउने काम भइरहेको छ ।कटहरीको हनुमान थान पूर्वको रेल स्टेशनको मुआब्जा विवाद सम्पन्न भएको खण्डमा आगामि वर्ष रेल कुदेको हेर्न चाहने यहाँको सपना पुरा हुँदैछ । भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा–कटहरी रेलवे परियोजना अन्तर्गत लिक विछ्याउने काम धमाधम गरिरहेको छ ।

३ सय ७३ करोड भारतीय रुपैयाँको लगानीमा बन्ने रेलमार्ग बथनाहादेखि कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर रहेको छ । निर्माण कम्पनीका मेनेजर डाइरेक्टर प्रदीप कुमारले आउँदो अक्टोबरसम्ममा नेपालको सीमासम्ममा रेल आउने बताउनुभयो । उहाँले नेपालपक्षले तत्कालै जग्गा हस्तान्तरण गर्ने हो भने आउँदो मार्चसम्ममा कटहरीसम्म रेल आइसक्ने बताउनुभयो ।

उहाँका अनुसार बथनाहामा पनि १/२ दिन पछिदेखि काम सुरु हुँदैछ । विचको रेल्वे लाइन निर्माणको काम धमाधम भइरेको छ । गत मार्च मसान्तसम्ममा आयोजनाको रकममध्ये २ सय १३ करोड रकम खर्च भइसकेको छ भने ६० करोड बराबरको रकमको काम कटहरी स्टेशनको जग्गा विवादले रोकिएको छ ।

जग्गा विवाद सामधान हुनेवित्तिकै उक्त रकम खर्च गर्ने क्रम सुरु हुनेछ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गा मध्ये ३ किलोमिटर क्षेत्रमा भने काम हुन सकेको छैन । कटहरीको हनुमान थान क्षेत्रको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधानको प्रयास भइरहेको नेपाल पक्षले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जिल्ला अदालतको फैसलाका आधारमा मुआब्जा पाउनुपर्ने अडान लिइरहेका १६ परिवारको जग्गाको विषयमा कानूनी प्रक्रिया पुरा गर्नेतर्फ सरकार लागिरहेको बताउनुभएको छ । उहाँले मुआब्जा विवाद समाधानका लागि भारतका प्रतिनिधि, निर्माण कम्पनी, नेपाल पक्ष र जग्गाधनीसँग छलफल गरेर छिट्टै समाधान निकाल्ने प्रयास भइरहेको बताउनुभयो ।
जिल्ला अदालतको फैसला पछि सर्वोच्च अदालतमा पुगेको मुद्दाको सुनुवाई छिटो भइदिए आयोजनाको काम छिट्टै सम्पन्न हुने सरकारको अपेक्षा छ ।

सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना लामो समयसम्म मुआब्जा विवादमा गुज्रिएको थियो । सन् २०१३ दिसम्बरमा सम्पन्न गर्नेगरी भारतीय निर्माण कम्पनी इर्कनले ठेक्का लिएको सो काम विभिन्न अड्चन र ढिलासुस्तीले सात वर्ष वित्न लाग्दा पनि सम्पन्न हुन सकिरहेको छैन ।
तेस्रो मुलुकबाट आयात हुने माल बस्तु कलकत्ता बन्दरगाहबाट विराटनगर नाकासम्म ल्याउन भारत सरकारले मालबाहक रेलको सुविधा भर्खरैदेखि मात्र अनुमति दिएको हो । तर जोगबनीमा कन्टेनर राख्ने ठाउ नभएकाले कलकत्ताबाट रेलले ढुवानी गरेको माल बस्तु हाल बथनाहासम्म मात्रै ल्याउन सकिन्छ । रेलको पटरी विछ्याउने काम चाडै सकियो भने १ वर्षभित्र रेल सीमा क्षेत्रमा मात्रै नभएर कटहरीसम्म आउनेछ र त्यसबाट नेपाललाई ठूलो राहत हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…