६ सय २९ लिटर अबैध मह बरामद..

रबिन्द्र ठकुरी
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान  सायममा कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवाबाट अबैध रुपमा भारतबाट नेपाल ल्याई ब्यापार गर्दै गरेको ६ सय ९ लिटर मह बरामद गरेको जनाएको छ ।

भारत को खलिला बाद घर भई अस्थाई रुपमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बसोबास गर्दै आएका बर्ष ४८को अलाउद्दिन अन्सारी र बर्ष १८को राजु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुका साथबाट १५ लिटरका ४० बटा ग्यालिन र १ लिटरका २९ बटा बोत्तल गरि जम्मा ६ सय २९ लि. मह र मह मिसावट गर्ने चुक जस्तो तरल पदार्थ १ ग्यालिनमा रहेको १५ लि. पनि प्रहरीले बरामद गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले सो अबैध मह बरामद गरेको हो । अबैध मह ब्यापार गर्दै हिडिरहेको समयमा उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीनायब निरीक्षक यज्ञ प्रसाद भट्राईले बताए । खमद्य तथा गुण नियन्त्रण कार्यालयमा आबश्यक कारबाहिका लागी बुझाईएको प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…