मोदीको भ्रमणलाई नाकाबन्दीसँग जोडेर विवाद गर्नु हुँदैनः डा भट्टराई

काठमाडौ । नेकपा एमालेका नेता डा.राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण बारे नाकाबन्दीको विषय कोट्याएर बिबाद गर्न नहुने बताउनु भएको छ । जनता टेलिभिजनको कार्यक्रम द भ्यूमा कुराकानी गर्दै नेता भट्टराईले हिजोको जस्तो परिस्थिति नरहेकाले यसलाई सकारात्क रुपमा हेरिनुपर्ने बताउनुभएको हो ।

“असहमतिकाबीच पनि सहमति खोज्ने आजको अन्तर्राष्ट्रिय राजनीतिक अभ्यास हो ।” उहाँले भन्नुभयो, “हिजो हाम्रो संविधानको मामलामा असमति थियो भने पनि त्यो असमतिकाबीचमा सहमति खोजिनै पथ्र्यो हामीले, त्यसैले त्यो बाटो तर्फ जाने हो अहिलेको प्रयास । हिजोका दिनमा उहाँहरु संविधान संशोधनका विषयमा जसरी प्रस्तुत हुनुभएको थियो आजको दिनमा त्यो अवस्था छैन । संविधान बनाउने र संशोधन गर्ने नितान्त हाम्रो आन्तरिक कुरा हो भनिसकेका छौ ।”

मोदीको भ्रमणलाई सधै शंकाको दृष्टिले हेर्न नहुँने बताउँदै नेता भट्टराईले हरेक कुरालाई शंकाकै रुपमा हेर्दा कहिलेकाहीँ सही दिशामा पुग्न नसकिने बताउनुभयो ।

हाम्रा आन्तरिक विषयलाई वाह्य चासोको विषय बनाउन नहुने उहाँको तर्क थियो । उहाँले नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीको बोलाईमा भने कमजोरी रहेको बताउनुभयो । हिजो भारतको सीमामा गएर आन्दोलन गर्दा नेपालीहरुलाई नै घाटा भएको भन्दै त्यसतर्फ इङ्कित गर्दै नेता भट्टराईले इतिहासमा भएका घटनाहरुबाट मधेश केन्द्रित नेताहरुले सही शिक्षा लिन नसकेको जिकीर गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…