ग्रामीण भेगका महिलाको निशुल्क स्वास्थ्य परीक्षण

मिना बुढाथोकी
सल्यान । स्वस्थ जीवन जिउन पाउनु हरेक मानिसको जन्मसिद्ध अधिकार हो । निःशुल्क स्वास्थ्य उपचार, स्वास्थ्य सेवा र सूचनाको सुविधा पाउनु उसको अधिकार हो । स्वस्थ रहनु मानिसको जन्मसिद्ध अधिकार भएपनि नेपालको सन्दर्भमा अधिकांश महिलाहरुले सामान्य भन्दा सामान्य स्वास्थ्य उपचार सेवा नपाएकै कारण ज्यान गुमाउनु परिरहेको छ ।

नेपाल सरकारले सुरक्षित मातृत्व सेवा, अति आवश्यक औषधिहरु निःशुल्क पाउने व्यवस्था, २४ घण्टा प्रसुती सेवा, परिवार नियोजन परामर्श सेवा जस्ता सेवाहरुको नीतिगत व्यवस्था गरे पनि यसको पूर्ण कार्यन्वयन नभएको कारण शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका महिलाहरु यो सेवा र सुविधाबाट टाढा रहनु परेकोे छ ।

यसरी उपलब्ध सेवा र सुविधाबाट महिलाहरु टाढा हुनु पर्ने अवस्था आउनुको मुख्य कारण एकातिर कार्यान्वय पक्षले आफनो भूमिका र जिम्मेवारी अनुसारको काम नगर्नु हो भने अर्को तर्फ ग्रामीण भेगमा दक्ष स्वास्थ्यकर्मीको अभावका कारण महिलाहरु आवश्यकता अनुसारको स्वास्थ्य सेवा नपाई विभिन्न स्वास्थ्य समस्या भोगिरहेका हुन्छन् ।

समाजमा महिला र पुरुष बिच रहेको संरचनात्मक विभेद पनि महिलाको स्वास्थ्यलाई असर पार्ने प्रमुख कारणको रुपमा रहेको छ । यसरी महिलामा हुने यौन तथा प्रजनन स्वास्थ्य समस्या हुँदा महिला भएकै कारण लुकाएर बस्नु परेको कारणले गर्दा पाठेघर तथा स्तनको क्यान्सर भई अकालमै ज्यान गुमाउनु परेको छ ।

यस्तै विभेदपूर्ण मुल्य मान्यताले गर्दा वर्षेनि हजारै महिलाहरु विभिन्न प्रकारका शारीरिक, मानसिक, यौनिक, र सामाजिक हिंसाबाट पीडित हुनु परिरहेको छ । यसै कुरालाई मध्ये नजर गर्दै आरेक नेपालले जिल्लमा महिला स्वासथ्य सम्बन्धी विभिन्न खाले कार्यक्रम गर्दै आई रहेको छ । जस अन्तरगत दार्मा गाँउपालिकाको फारुलामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा सस्थ्य परीक्षण गराउन आएकी दार्मा गाँएपालिका –२ निवासी ५८ वर्षीया पुतली विकले यस शिविरमा जाँच गराउन पाँउदा निकै सजिलो महसुस भएको बताईन् । पाठेघर सम्बन्धी समस्या भएको करिब १८ वर्ष भयो उनले भनिन् –‘तर कतै पनि जाँच गराउन जान पाएको थिइन् ।’‘ घर परिवारमा पनि काममा सघाउने कोही छैन, यसरी पाठेघरको जाँच गराउन पनि सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल सम्म जानु पर्छ त्यसैले मलाई त यहाँ भगवानै आए जस्तो भयो उनले भनिन् ।’

दुई दिन सम्म चलेको सो स्वास्थ्य शिविरमा पुतली विक जस्तै पाठेघरको समस्या भएका र महिलामा हुने अन्य विभिन्न खाले स्वास्थ्य समस्या भएका ५ सय ६१ जना महिलाले स्वास्थ्य जाँच गराए जसमध्ये ५ सय १० जनाले स्वास्थय उपचार पाएको ओरेक नेपालका जिल्ला संयोजक अशोक चौधरीले बताए ।

साथै १८ जना महिलालाई जिल्ला अस्पताल सल्यान, दाँग तथा नेपालगन्ज मा अप्रेसनका लागि रिफर गरिएको उनले बताए । महिला स्वास्थ्य शिविरको माध्यमबाट समुदायका महिलालाई शारीरिक, मानसिक र समाजिक रुपमा स्वास्थ्य कसरी रहन सकिन्छ भन्ने विषयमा सहयोग पुर्याउने उद्देश्यले शिविर संचालन गरेको चौधरीले भने । महिला पुर्न स्थापना केन्द्र ओरेक नेपाल र दार्मा गाँउपालिकाको सयुक्त आयोेजना र जिल्ला स्वास्थ्य कार्यालय सल्यानको प्रविधिक सहयोगमा शिविर संचालन गरियो ।

शिविरमा महिलामा देखिने पाठेघर सम्बन्धीका विभिन्न खाले समस्या जस्तै पाठेघरमा घाउ भएका १४ जना, पाठेघरको मुख सुनिएको ६१ जना, पिसाबको संक्रमण ६४ जना, योनी चिलाउने संक्रमणका ४३ जना, पाठेघर पहिलो डिग्री झरेको ६२, पाठेघर दोस्रो डिग्री झरेको ८, पाठेघर तेस्रो डिग्री झरेका १८ जना, यौन रोगका २ जना ले उपचार तथा परामर्श पाएको उपचारमा संलग्न जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सविता घिमिरेले बताईन् । यसै गरि महिलाहरुमा हुने अन्य रोगको उपचार तथा परामर्श गरिएको अन्चल अस्पताल तुलसीपुरका स्त्री रोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…