राजेन्द्र महताेलाई यौनकर्मी युवतीले कुटेपछि…

रामभरेासी यादव

सिरहा । सिरहाको लहानमा दिउँसै व्यस्त बजारको एक लजबाट निस्किएकी दूई यौनकर्मीसँग एक पत्रकारलाई भेट हुन्छ । पत्रकारले सोधे ‘किन यस्तो हतास भएर निस्किनुभयो ।’ ‘तिमीहरु के काम गर्छौ ।’ त्यतिकैमा तीन जना युवा आएर पत्रकार राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहाँ मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहाँबाट टाप हाने । यो घटना लहान ३ स्थित भगवती लज अगाडि सोमबार दिउंसो ४ बजेतिरको हो । पत्रकार राजेन्द्र महतोको आँखाको निधार र छातीमा गम्भीर चोट लागेको छ ।

पत्रकार महतोले प्रहरीलाई जानकारी दिँदा भाग्दै गरेको दलालमध्ये ईलाका प्रहरी कार्यालय लहानले दूई जनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना नाइके फरार रहेको प्रहरीले जनाएकाे छ । पक्राउ पर्ने भारत विहारको लौकहा बस्ने बब्लु ठाकुर र मो.जफुल राईन रहेका छन् । घटना ईलाका प्रहरी कार्यालयदेखि सय मिटर पूर्वको हो । जहाँ लजहरुमा दिउँसै यौनधन्दा चल्ने गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेशचन्द ठकुरीले यो घटना लगतै यौनधन्दा भइरहेका क्षेत्रमा चेकजांच गर्न निर्देशन दिएका छन् । पक्राउ परेका दुवैमाथि सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । पत्रकारमाथि भएको घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले भत्र्सना गर्दै अपराधीलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ ।

कोठा भाडा लिएर यौन धन्दा
विगतमा प्रहरीले लज र रेष्टुरेन्टमा चेकजाँच बढाएपछि यौनकर्मीहरु तत्काल विस्थापित भएका थिए । केही समय उनीहरु कोठा भाडा लिएर यौन धन्दा सञ्चालन गर्दै आएको विशेष स्रोतको दावी छ । यस्ता यौनकर्मीहरु लहानभित्र दुई दर्जन बढी रहेका छन् । यस्ता महिला पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय गोपाल गुप्ता बताउँछन् ।

यौनकर्मीहरु होटल, लज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएका छन् । अस्पताल चाेकको केही लजमा दिउँसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुँदै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…