शिव श्रेष्ठको छोरा शक्तिसँग करिश्माकी छोरी कविताको प्रेम ! (भिडियाे)

काठमाडौं । पुराना अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको प्रेम कहानीले पछिल्लो समय नेपाली मिडियामा स्थान पाउन थालेको छ ।

शिब श्रेष्ठ आफैं प्रस्तुतकर्ता रहेको चलचित्र “यस्तो एउटा प्रेम कहानी” मार्फत शक्ति र कविताले डेब्यू गर्दैछन् । यही चलचित्रको टिचर सार्वजनिक भएसँगै उनीहरुको चर्चा हुन थालेको हो । मल्टि स्टारले भरिएको भनिएको यस चलचित्रमा शिब श्रेष्ठ,प्रियंका कार्की,आयुश्मान देशराज श्रेष्ठ,संन्जोग कोईराला,बर्षा राउत,नरेन खड्का लगायतको पनि अभिनय रहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा ३९ बर्ष बिताएका बरिष्ठ कलाकार शिब श्रेष्ठ लामो समय पछिचलचित्रमा फर्किएका हुन् । केहि बर्ष अघि बाग्मती चलचित्रमा अभिनय गरेका श्रेष्ठको उक्त चलचित्र सुपर फ्लप भएको थियो ।

टिजर सार्वजनिक कार्यव्रmममा उपस्थित नायिका करिश्मा मानन्धरले शिव श्रेष्ठले शुरुमा चलचित्रको प्रस्ताव गर्दा आफ्नालागि गरेको सम्झेर ओके भनिदिएको बताइन् । तर शिवले आफ्नोलागि नभई छोरी कविताकोलागि प्रस्ताव गरेको भनेपछि आफू सरप्राईज भएको स्मरण गराइन् । शिवको प्रस्तावपछि छोरी कविताको इच्छा अनुसार नै चलचित्रमा काम गर्न अनुमति दिएको आमा करिश्माले बताइन् ।

चलचित्रमा मिथिला शर्मा,बसुन्धरा भुषाल,रेखा फागो,बिष्णु चेम्जोङको पनि अभिनय रहेको छ । चलचित्रलाई शिवश्रेष्ठ आफैंले लेखेका हुन् भने दिनेश दर्शनधारी र यसोधा राईको निर्माण रहनेछ । चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…