रुकुममा जथाभावी विषादी बिक्री..

रुकुम । रुकुम पश्चिमका एग्रोभेट व्यवसायीले बजारमा जथाभावी रुपमा विषादी बिक्री हुने गरेकोले त्यसको अनुगमन र समस्या समाधानको माग गरेका छन् ।

आज रुकुम उद्योग वाणिज्य संघमा भएको एग्रोभेट तथा बीउ व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा एग्रोभेट व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।

किसानका लागि उन्नत बीउ बीजन कार्यक्रम र कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयले एग्रोभेट तथा बीउ व्यवसायीबीच भएको अन्तक्र्रिया कार्यक्रममा गुणस्तरिय बीउ उत्पादन र मूल्यको एकरुपताबारे छलफल भएको थियो ।

कृषकमा इमान्दारिता र बीउमा शुद्धता भएमा एग्रोभेट व्यवसायीले यहाँका किसानले उत्पादन गरेको बीउ सजिलै खरिद गर्न सकिने साइकुमारी एग्रोभेट सेन्टर मुसिकोटका नवराज केसीले बताउनुभयो ।

उत्पादन गरेको बीउको मूल्यमा एकरुपता ल्याउन जरुरी रहेको ज्ञवाली एग्रोभेट सेन्टरका कमल ज्ञवालीले बताउनुभयो । कार्यक्रममा व्यवसायीले जिल्लास्तरमा एग्रोभेट तथा बीउ व्यवसायीको संगठन जरुरी रहेको बताएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…