६ वर्षीया बहिनि बलात्कार गर्ने दाई प्रहरी हिरासतमा

मिना बुढाथोकी
सल्यान । सल्यानमा ६ वर्षीया बहिनि नाता पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिद्द कुमाख गाँउपालिका निवासी १७ वर्षीय एक किशोर लाई जेठ १ गते गिरफतार गरेको छ । बैशाख ३० गते बेलुका ४ बजे खेल्न जाम भन्दै घर नजिकैको एक जंगलमा लगी बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

बालिका को बुवाको केही वर्ष अघि स्वर्गारोहण भएको र आमा घरायशी कामले गाँउ गएको मौका छोपी आप्mनै ठुला बुवाकी छोरी बहिनि नाता पर्ने बालिकालाई बलात्कार गरेको भन्दै पिडितका अाफन्तहरूले जिल्ला प्रहरी कार्यालय सल्यानमा जेठ १ गते हाडनाताकरणी सम्बन्धी मुद्दा दर्ता गरे ।

पिडित बालिकाको स्वास्थय परिक्षण बैशाख ३१ गते जिल्ला अस्पताल सल्यानमा गरियो । आरोपित किशोर स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन भने पीडित बालिका कक्षा २ मा अध्ययनरत रहेको परिवारले जनाएको छ । आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भरत बहादुर विकले जनाए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…