एकसय ६८ केजी गाँजा सहीत दुई पक्राउ

पुष्पराज अधिकारी

हेटौंडा । मकवानपुर प्रहरीले एकसय ६८ केजी लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपलिका ४ बाट स्थानीय सुदिप कोईरालालाई एकसय ५० केजी गाँजा सहित पक्राउ गरेको हो । कोईरालाले लागूऔषध गाँजा बिक्री बितरण गर्दै आएको विषेश सूचनाको आधारमा उनको घरगोठमा छापा मार्दा गोठको माथिल्लो तल्लामा लुकाई राखेको उक्त परिमाणको गाँजा बरामद भएको र कोईरालासँगै अर्का स्थानीय रामकृष्ण ब्लोनलाई १८ केजि आठसय ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

ब्लोनको घर खानतलासी गर्दा दुई वटा बोरामा लुकाई राखेको गाँजा फेला परेको मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । उनीहरु मध्ये ब्लोनलाई नियन्त्रणमा लिनेक्रममा हवाइ फायर समेत गर्नु परेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको बिषयमा थप अनुसंधान जारी रहेको र बिहीबार उनीहरुलाई लागू औषध मुद्दामा जिल्ला अदालतमा पेश गर्ने बताएको छ ।

यस्तै मकवानपुर प्रहरीले दुई वटा गाँजा काट्ने मेसिन ल्याएको छ । लागू औषध नियन्त्रणका लागि मकवानपुर प्रहरीले यस्तो मेसिन ल्याएको हो । ब्यक्तिले गाँजा फाँड्दा धेरै समय र जनशक्तिको खर्च हुँदै आएकोमा अब दश जना बराबरको गाँजा फाड्न सक्ने मेसिन ल्याइएको मकवानपुर प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । ‘अब गाँजा फडानीमा पहिलेको जनशक्तिको समस्या पर्दैन’, उनले भने, ‘एउटा मेसिनले २० जना बराबरको काम गर्छ ।’ मकवानपुरलाई लागूऔषध मुक्त बनाउने लक्ष्यका साथ गाँजा खेती निर्मुल पार्न उक्त मेसिन ल्याइएको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।

‘अब गाँजा फाड्न प्रहरी कार्यालय नै रित्तो बनाएर जनशक्ति गाउँ पठाउनुपर्दैन’, उनले भने, ‘गाँजा फडानीमा जनशक्ति कम प्रयोग हुने भएपछि अन्य क्षेत्रको सुरक्षा पनि मजबुत हुन्छ ।’ भारतीय सिमा बजार रक्सौल नजिक रहेको मकवानपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाईन बन्दै गएको प्रहरीको तथ्याङ्क छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…