चलचित्र मट्टीमालामा हनुमान हिरो

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेतामा गनिएका बुद्धि तामाङको शीर्ष भूमिका रहेको चलचित्र मट्टीमालाको ट्रेलर रिलिज भएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक समारोहकाबीच चलचित्र मट्टीमालाको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा बुद्धिको अपोजिटमा रजनी गुरुङ छिन् । पौरखी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र मट्टीमालामा प्रियंका कार्की पनि विशेष भूमिका रहेकी छिन् । चलचित्रमा शिशिर राना,चिरन राई,पृथ्वी राई,अरुणाा कार्की,अर्जुन गुरूङ लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

आगामी जेठ २५ गते रिलिज हुने चलचित्रको लेखन तथा निर्देशन टेके पौरखी राईले गरेका हुने भने पृथ्वी राई यसका निर्माता हुन् । पारिवारिक जनरामा निर्माण गरिएको चलचित्रमा वैदेशिक रोजगारीमा जान खोज्ने युवाहरुले दलालबाट पाउने धोका र दुखको कथा समेटिएको छ ।

बुद्धि र रजनी नेपाली टेलिभिजन दर्शकहरुबीच हनुमाने र मंगलीको नामले लोकप्रिय जोडी हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…