चलचित्र लुटका निर्माता माधव वाग्ले २ कराेड ६० लाख नक्कली नाेटसहित पक्राउ

काठमाडौं । सुपरहिट चलचित्र लुटका निर्माता माधवराज वाग्ले नक्कली नोटसहित पक्राउ परेका छन् ।

नक्साल चारढुङ्गेमा रहेको प्रिन्सेस मुभिज प्रालिमा प्रहरीले छापा मारी सञ्चालक माधव वाग्लेको कोठबाट १ हजार दरका नेपाली नक्कली नोट दुई करोड बाउन्न लाख बरामद गरेको हो । लुट, लुट २ तथा रेशम फिलिली लगायतका चलचित्रका निर्मातासमेत रहेका वाग्लेले आफूले फिल्मको छायाँकंनका लागि नक्कली नोट छापेको बताएका छन् ।केही नोटमा ’फिल्म प्रयोजनका लागि’ भनेर समेत लेखिएको पाइएको छ ।

बागबजारमा नवज्योति प्रिन्टिङ प्रेस चलाएर बस्ने धादिङका प्रकाश सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदीले भक्तपुरका विकेश नापितलाई नक्कली नोट छाप्न दिएको प्रहरीलाई दिएको बयानमा स्वीकारेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…