एमाले–माओवादी पार्टी एकताको घोषणा भोलि

‘पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय केन्द्रिय समिति’

काठमाडौं । सत्तारुढ एमाले र माओवादी केन्द्रबीच भोलि विहिबार पार्टी एकता हुने भएको छ ।

बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विहिबार पार्टी एकता हुने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरिएको जानकारी दिनु भएको हो । दुई पार्टीबीच बेलुकासम्म एकता हुनेगरी भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी पार्टी अध्यक्ष ओलीले गराउनु भएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनु भयो ।

बैठकमा पार्टी एकता भोलीनै गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ । पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ । पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय केन्द्रिय समिति बनाउने सहमति पनि गरिएको एमालेले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…