Logo आश्विन १५, २०७७ बिहीबार


जनप्रतिनिधीले दुव्र्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

मिना बुढाथोकी
सल्यान । जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाका सम्पुर्ण कर्मचारी आन्दोलित भएका छन् ।

गरपालिकाको वडा नम्बर ४ र ५ का वडा अध्यक्षहरुले आफुहरुलाई दुव्र्यवहार गरेको भन्दै नगरपालिकाका सम्पुर्ण कर्मचारीले हिजो बुधवार बाट कार्यालयको सम्पुर्ण काम ठप्प पारेका हुन् । यसरी कर्मचारीले काम गर्न छाडेपछि कार्यालय बाट स्थानीयले पाउने सक्पुर्ण सेवा पुर्ण रुपमा बन्द भएको छ ।

नगरपालिका भित्रकाका केही वडा अध्यक्षले सधै आफुहरुलाई हेप्ने र धम्काउने गरेकोले आफुहले काम गर्न छाडेको प्रशासकिय अधिकृत प्रेम प्रसाद आचार्यले बताए । कर्मचारी लाई धम्काउने र जबरजस्ती काम गर्ने प्रवृतिको अन्त्य नहुँदा सम्म आफुहरु कामकाज तिर नफर्किने उनले बताए ।

आफुलाई उपभोक्ता समितीका सम्झौताहरुमा वढि दवाव दिने गरेको योजना फाँटका शुब्बा हरिश तिरुवाले बताए । नगरका अधिकांस कर्मचारीहरुले यसरी यो नगरपालिकामा बसेर काम गर्न निक्कै कठिनाई भई रहेको बताउँछन् ।
वडा अध्यक्ष हरुले कर्मचारी संग बोल्ने शैलीमा समेत आपत्ती जनाउदै शुब्बा तिरुवाले वडा अध्यक्ष हरुले निति विपरीत काम गराउन खोजेको आरोप लगाए । उनले भने –‘हामी कर्मचारी नितीमा टेकेर काम गर्ने हो । निती भन्दा वाहिर गएर काम गर्दा निक्कै समस्या हुने भएकोले यो नगरमा काम काज गर्न दिन प्रतिदिन कठिनाई परेको छ ।’

यता वडा नं ५ का वडा अध्यक्ष कमल विकले आफुहरुले कर्मचारीलाई कुनै दवाव नदिएको र नितीमा रहेरै काम गर्न अनुरोध गरेको बताए । तर राजनितीक रुपमा प्रेरित कर्मचारीले योजनाका कतिपय निवेदनका मुद्दाहरु फालि दिएको वताए । विवादित योजनाका मुद्धा कुनैको सुनुवाई नभई सम्झौता गरिदिएको र आफ्ना वडाका केहि योजनाका मुद्दामा कर्मचारीले बल्झाएकोले आफुहरुको आपती रहेको उनले बताए ।

नगर प्रमुख गोविन्द पुनलेपनि कर्मचारी र वडाध्यक्ष बिच विवाद हुँदा नगरपालिकाको कामकाज ठप्प भएको स्वीकार गरेका छन् । हिजो बुधवार प्रशासकिय अधिकृत लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारीले बैठक बसी समस्या मिाधान नहुँदा सम्म कामकाज भन्ने बैठकको निर्णय आफुलाई पेश गरेको उनले बताएका छन् । यस विषयमा नगर उप प्रमुख अहिले नगर बाहिर रहेकाले कार्यालयमा उपस्थित हुने बित्तिकै बैठक बसी यस विषयमा छलफल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।