लागुऔषध सहित २ पक्राउ

श्याम कुशवाहा

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ भन्सार क्षेत्रबाट प्रहरीले प्रतीबन्धीत लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन । प्रहरीले सिमानाकामा गरेको नियमीत चेकजाचका क्रममा नेपाल बाट भारत तर्फ पैदल जान लागेकी वीरगंज महानगरपालीका वडा नम्बर १६ नगवा बस्ने वर्ष ५९ की सकीला खातुन भन्ने सायरा खातुनलाई शंकालागी चेकजाच गर्दा शरीरमा लुकाई राखेको प्रतीबन्धीत लागुऔषध १ किल्लो चरेश र ७ सय ग्राम गाजा सहित पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो ।

त्यसैगरी प्रहरीले भारत बाट नेपाल तर्फ पैदल आइरहेका मकवानपुर गढी गाउपालीका वडा नम्बर ६ बस्ने वर्ष ३८ को अर्जुन कार्कीलाई ४ सय ५० पीस प्रतीबन्धीत नाइटरोभयाट टयाबलेट सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकालले बताउनु भयो । प्रतीबन्धीत लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…