युवा नेता रिजाल भन्नुहुन्छ– यो सरकारले प्रतिव्यक्ति आय दोब्बर बनाउँछ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल प्रतिव्यक्ति आय ५ वर्षभित्र दोब्बर हुने बताउनु भएको छ । युवा नेता रिजालले जनता टेलिभिनको सन्दर्भ कार्यक्रममा भन्नुभएको छ– सरकारले मुलुक समृद्ध पार्ने मार्गचित्रसहितको नीति तथा कार्यक्रमले ल्याएको छ । वाम गबन्धनले निर्वाचनको बेला घोषणापत्रमा जे उल्लेख गरेको थियो, सरकार त्यसलाई पूरा गर्न प्रतिवद्ध छ ।

राम्रो कामको लागि ५ देखि १० वर्षको नीति कार्यक्रम आउनुपर्छ । प्रतिव्यक्ति आय दोब्बर वनाउने हरेक क्षेत्रका समस्या ल्याएका छौ । विगतका सरकार अस्थिर हुँदा दुरदर्शी नीति तथा कार्यक्रम आउन सकेको थिएन । तर यस पटक नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट बहुमतसहितको सरकार बनेको हुँनाले राजनीतिले स्थिरता पाएको छ । सरकारसँगै नीति तथा काष्र्यक्रम दूरदर्शी आएको छ । हामी संघीयता कार्यान्वयनको चरणमा छौ । अहिले प्रदेश, स्थानीय तह र सघमा भौतिक तहदेखि हरेक तहको व्यवस्थापनामा छौ ।

अहिले प्रदेशको बजेट केन्द्रकाे अनुदानबाटै चलाउनु पर्ने अवस्था छ । सरकारले भ्रष्टाचार अन्त्य गर्ने र मुलुकलाई समृद्ध पार्ने संकल्प गरेको छ । यातायात क्षेत्रको एकाधिकार अन्त्य भइसकेको छ ।

अन्य क्षेत्रमा पनि एकाधिकार तोड्न क्रम जारी छ । प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रयास भएको छ । मुलुकमा वैदेशिक लगानी बढडी भन्दा बढी भित्र्याउन प्रयास भइरहेको छ । ठूला आयोजनामा भारत र चीन लगायतका मुलुकले यथेष्ट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

वर्तमान सरकारले दुबै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने लक्ष्य लिएको छ । त्यही उदेश्य अनुसार प्रधानमन्त्री के.पी ओलीले भारतको भ्रमण गरिसक्नु भएको छ । अब असारको पहिलो साता चीन जाने तयारी भइरहेको छ । पहिला शेरवहादुर देउवाको भ्रमणमा संशोधन नेपाल र भारत एउटै हो भनिएको थियो त्यो गलत थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…