काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विकास निर्माणले प्राथमिकता पाएपछि वन मनत्रलयको भूमिका बढ्दै गएको उल्लेख गर्नु भएको छ । मन्त्री बस्नेतले जनता टेलिभिजनको सन्दर्भ कार्यक्रममा भन्नु भएको छ –विश्व वातावरण दिवसको अवसर पारेर ३ वटा कार्यक्रम घोषणा गर्दैछौ ।
प्रदूषण नियन्त्रण, फोहर नियन्त्रण, फोहर व्यवस्थापन तथा सरसफाई कार्यक्रम र हरियाली प्रवर्दन, यी ३ वटै कार्यक्रमलाई एकीकृत गरेर, समायोजन गरेर हामीले नेपाल स्वच्छ वातावरण महाअभियान नाम दिएका छौ । त्यसलाई वार्षिक रुपमा संचालन गछौ । यो संचालनको क्रममा संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने योजना बनाएका छौ । वातावरणसंग सम्बन्धित अन्य विभिन्न संघ, संस्थासँग पनि सहकार्य गर्छौ ।
प्रकृतिले हामीलाई अनुपम उपहार दिएकै हो , हामीसँग, हिमाल छ, पहाड छ र तराई छ । अन्य मूलुकमा यस्तो विरलै पाइन्छ । प्रकृतिले साथ दिए पनि हामी त्यसको व्यवस्थापनमा चुकेका र्छौ । फोहर समस्या बारेमा कुरा नगरौ त्यसको समाधान बारे छलफल गरौं । काम कति भए, कति हुन बाँकी छ, त्यो सबै विस्तृत रुपमा हेर्नकै लागि पनि महाअभियान चाहिएको हो ।
सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन । मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन पहिला प्रशासनिक पुर्नसंरचना तथा सुधारबाटै शुरु गर्नुपर्ने अवस्था थियो । सरकार बन्दा साथ प्रशासनिक सुधारमा लाग्यो । मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने खालको नीति तथा कार्यक्रम ल्याएको छ । बजेट पनि त्यही आधारमा प्रस्तुत गरेको छ ।
हिजो सरकार ८ महिनाको लागि बन्थे, ९ महिनाको लागि बन्थे । कार्यक्रम ल्याउना साथ सरकार परिवर्तन हुन्थ्यो । तर अहिले अवस्था सरकारले विकासको ऐजेण्डालाई प्राथमिकताका साथ उठाएको छ । विकास गर्दा वातावरणको पनि कुरा आउँछ, हो, वन मन्त्रालयको भूमिका हुन्छ । संविधानले वातावरणलाई पनि मौलिक हकको रुपमा किटान गरेको छ । विकसित देशमा आज विकास प्राथमिकतामा छैनन्, त्यहाँ वातावरण प्राथमिकतामा छ ।
https://www.youtube.com/watch?v=Cp3GA5fySvE&t=1242s