ओझेलमा रम्भादेवी(फोटो फिचर )

सुनिल कार्की
पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपािलका–५, ताहुस्थित धार्मिक ऐतिहासिक महत्व बाकेको रम्भादेवी मन्दिर पूर्वाधार र प्रचारप्रसारको अभाव ओझेलमा परेको छ ।

विविध पर्यटकीय महत्व बोकेको रम्भादेवी मन्दिर सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वकोे रम्भापानीडाडा रहेपनि पर्यटक आकर्षण गर्ने भौतिक संरचनाको समुचित विकास हुन नसक्दा ओझेलमा पर्दै आए मन्दिरका पुजारी प्रेम नारायण पाण्डेले बताए ।

‘बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा आन्तरिक पर्यटकका लागि निकै लोभ लाग्दो पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको विकास हुन सकेको छैन’उनले भने । रम्भादेवी मुर्ति पटक पटक चोरी भएपछि पुजारीले रातको समयमा घरमा लैजाने र विहान पुजा गर्न मन्दिरमा दैनिक डोकोमा बोकेर ल्याउने चलन रही आएको स्थानीय खुम बहादुर कार्कीले बताए ।

यो क्षेत्र ऋषिमुनिहरुको पनि तपोभूमिका रुपमा सम्रेत प्रसिद्ध मानिएको छ । भगवान सीतालाई रमा नामले समेत चिनिने गरिएकोले रामले पानी उत्पक्ति गरी तिर्खा मेटाएकोले यस मन्दिर क्षेत्रलाई रमापानी नामले पनि चिनिन्छ ।
ऐतिहासिक महत्व बोकेको रम्भादेवि मन्दिरलाई व्यवास्थित गर्न गुरुयोजना बनाई पर्यटकहरु आगमन गराउन स्थानीय सरकारले चासो दिनुपर्ने देखिन्छ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…