प्रमेद कुमार शाहजनकपुर । चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।
चिकित्सकको त्रुटिपूर्ण शल्यक्रियाले जनकपुर उपमहानगरपालिका १ पुलचोक बस्ने करण ठाकुरकी श्रीमती २५ वर्षकी सोनियादेवी ठाकुरको शुक्रबार विहान मृत्यु भएको हो ।
विहिवार विहान नै जनकपुर अंचल अस्पतालमा भर्ना गराइएको सोनीयालाई समान्यरुपमा बच्चा नजन्मेपछि बिहीबार विहान ८ बजे अस्पतालका प्रसुति रोग विशेषज्ञ डा.धिरेन्द्र साहले सल्यक्रिया गरी बच्चा निकालेका थिए ।
शल्यक्रिया भएको केही वेर पछि बुहारीले जोडले पेट दुखेको पीडा सुनाएको सोनीयाका काकाले भने । यस सम्वन्धमा डिउटीमा रहेकी नर्सहरुलाई जानकारी गराउदा शल्यक्रिया पछि पेट दुख्नु समान्य कुरारहेको भन्दै आफुलाई हप्काएको र पछि बुहारीलाई जोड जोडले पेट दुखेको पीडा सहन नसकेपछि नर्सहरुकै सल्लाहमा वेडमै बुहारीलाई हातखुट्टा बाँधेको काका कपिल ठाकुरको भनाई रहेको छ ।
परिवारजनले चिकित्सकले अप्रेशनको क्रममा सोनिकायको पेटमा केहि छाडेको वा त्रुटिपूर्ण अपरेशन गरेको हो भनेर अल्ट्रासाउण्ड गरेर चेक गर्न समेत आग्रह गरेका थिए । पछि अल्ट्रसाउण्ड गरेपछि चिकित्सकले पुनः अप्रेशन गरेर हेर्नु पर्ने बताएका थिए । त्यसपछि राति ८ बजे पुनः अप्रेशन गर्दा चिकित्सकहरुले पाठेघरमा समस्या रहेकाले पाठेघर नै झिक्नु पर्ने घरपरिवारलाई सल्लाह दिएका थिए ।
घरपरिवारको सहमती पछि चिकित्सकले पाठेघर झिकेपछि केहि समय पश्चात सोनियाको अवस्था केहि सुधार भएको थियो । पछि आईसियुमा भर्ना गरिएको थियो । तर विहान ५ बजेतिर सोनियाको मृत्यु भएको पति करणले बताए । यता शल्यक्रियामा संलग्न डाक्टर विजय सिंहले पुनः अप्रेशन गर्दा पाठेघरमा रगत जमेको तर रगत कहाँबाट निस्केको भनेर थाहा नपाएपछि आफुहरुले घरपरिवारसँग सोधेर पाठेघर नै झिक्ने निर्णयमा पुगेको बताए ।
यता सोनीयाका पति करणले चिकित्सको त्रुटिपुर्ण शल्यक्रियाको कारण श्रीमतीको मृत्यु भएको आरोप लगाएका छन । उनले सल्यक्रियमा संलगन चिकित्सक धिरेन्द्र सिंहलाई कार्वाही गर्न माग गर्दै लापरवाही गर्ने चिकित्सकलाई कार्वाही र क्षतिपूर्ति नदिएसम्म शव नवुझने समेत वताएका छन ।
यता जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवले घटनाको विषयमा अनुसन्धान टोली बनाएर अनुसन्धान हुने र दोषी चिकित्सकलाई कार्वाही गर्ने प्रतिक्रिया दिनुभयो ।सोनीयाको मृत्युपछि जनकपुर अंचल अस्पताल विहान देखि तनावपुर्ण अवस्थामा रहेको छ । अस्पतालमा कुनै किसीमको झडप हुन नदिनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीको उपस्थिती रहेको छ ।
जनकपुर अञ्चल अस्पतालमा ९ महिनामा चारजना सुत्केरी महिलाको मृत्यु भएको जनाइएको छ । २०७४ साउनदेखि चैतसम्ममा जनकपुर अञ्चल अस्पतालमा आठ हजार ४० जनाको डिलेभरी भएको छ भन्ने ती मध्ये १४ सय ७२ जनाको अप्रेशन गरिएको छ । ६ हजार २३ जना महिलााई नर्मल डिलेभरी भएको हो र ५ सय ४५ जनालाई विशेष अवस्थामा अप्रेशन गर्नुपरेको जनकपुर अञ्चल अस्पताल रिकार्ड शाखाका शाखा अधिकृत राजकिशोर राउतले जनाएका छन् । उनले भने ‘अञ्चल अस्पतालबाट डिलेभरी केश प्रायः रेफर भएको छैन ।
विशेष अवस्थामा मात्र यहाँ अप्रेशन हुन्छ । ८ हजार ४० जना सुत्केरी महिला मध्ये ४ जनाको मृत्यु भएको हो ।’ जनकपुर अञ्चल अस्पतालमा सबभन्दा बढी प्रसुती बिरामी आउने गरेको उनले भने । उनले ९ महिना ३६ भन्दा बढी प्वाइजनको बिरामीहरु आएको रेकर्ड रहेको समेत जानकारी गराएका छन् ।