प्रहरी नियन्त्रणमा रहेका शिक्षकले महाकालीमा हामफाले

दार्चुला । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रहरीले जनाएको छ ।

शिक्षक र सोही विद्यालयकी शिक्षिकाबीच लेनदेनको विषयलाई लिएर आइतबार फोनबाट शिक्षिकाले जिल्ला प्रहरी कार्यालयलाई आफू माथि हातपात गरेको जानकारी गरेपछि सादा पोशाकका प्रहरीले सोमबार शिक्षकलाई नियन्त्रणमा लिई जिप्रका ल्याउँदै थिए । घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिई महाकाली यातायात समितिको म१ज २१२ नम्बरको जिपबाट ल्याउँदै गर्दा रैखोला नदीमा हामफालेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

धापबाट जिल्ला प्रहरी कार्यालय खलंगा ल्याउने क्रममा किम्तडीभिरमा अचानक चालकलाई झम्टेर गाडीको ढोका खोली चलिरहेकै गाडीबाट महाकाली नदीमा हामफाली बेपत्ता भएको जिप्रकाले जनाएको छ । प्रहरीले बेपत्ता शिक्षकलाई खोजीका लागि जिप्रका, सशस्त्र सीमा सुरक्षा बल गुल्मका सशस्त्रको संयुक्त टोली खटाइएको दार्चुलाका डिएसपी नवराज अधिकारीले बताए । घटनाका विषयमा थप अनुसन्धानपछि जानकारी दिइने उनको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…