खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने सरकारको योजना

काठमाडाै । सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान नै संचालन गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढिभन्दा बढि सहभागिता बढाउन सबै जिल्लामा अभियाननै संचालन गर्न लागिएको जानकारी दिनु भएको हो । त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधि तय गरिसकेको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रपति खेलकुद महिला सहभागितामा वृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्वमा उचाईमा पु¥याउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको पनि स्पष्ट पार्नु भयो ।

अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गरेको छ । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियानले नेपाली समाजको सर्वाङगीन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…