३ नम्बर प्रदेश योजना आयोग उपाध्यक्षमा डा.देवकोटा नियुत्त

पुष्पराज अधिकारी

हेटौंडा ।  तीन नम्बर प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर खिमलाल देवकोटा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले डाक्टर देवकोटालाई आयोगको उपाध्यक्ष तथा श्याम बस्नेतलाई सदस्यमा नियुक्त गरेको हो । विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । संघीयता विज्ञ डाक्टर देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका छन ।

स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका डा देवकोटा प्रधानमंत्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकार भई कार्य गरिसकेका छन ।

काठमाडौ विश्वविद्यालयमा समेत प्राध्यापन गरेका देवकोटा संघीयता र विकास लगायतका विषयमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुलाई वेला वेलामा प्रशिक्षण समेत दिने गरेका छन । यस्तै सदस्यमा नियुक्त बस्नेत प्राकृतिक स्रोत ब्यवस्थापन तथा परिचालनको विषयमा विज्ञ हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…