ताजमहल भन्दा भिन्न हो रानीमहल

नारायण भण्डारी

पाल्पा । उता राजा शाहजहाँले रानी मुमताजको शव राख्न ताजमहल बनाए, यता बडाहाकिम खड्ग शमशेरले तेजकुमारीको समर्पणमा रानीमहल बनाए । उता यादगार इमारत, यता पत्नी वियोगको धर्मवास । यता कृष्णगण्डकीको पवित्र स्पर्श, उता जमुनाको जलीय सुन्दरताको लावण्य । यता परब्रह्मशरणम्को भाव, उता स्मृतिको निशानी । यता भक्तिनीको वास उता प्रेमको प्रसिद्धि । यता नदीको उत्तरवाहिनीसँगको निर्माण, उता कलाकृतिको नमुना । यता महादेवको पूजा, तटको तीर्थाटन उता विश्व पर्यटनको आश्चर्यचकित नजर ।

पाल्पाको रानीमहल शान्त एकान्त,वनखण्डको नीरव कुञ्जजस्तो,कालीगण्डकीको सुसाइ सुन्ने शीतलपाटी, प्राज्ञहरुको पनि पाठशाला । कल्पवासको उपवन । लोकप्रियता खोजेको भए यो महल राम्दीमा बन्थ्यो होला, रिडीमा बन्थ्यो होला, पायक पर्ने ठाउँमा बन्थ्यो । यो सुनसानमा किन ? वैकुण्ठे भीरको भित्तामा किन,बराङ्दीको बगरमा किन ?
कालीगण्डकी उत्तरवाहिनी भएको यो उत्तमक्षेत्र,उत्थानको बाटो पण्डितहरुको सल्लाहबमोजिम भूमि चयन गरी रानीमहल बनाइएको महलकै अभिलेखमा उल्लेख छ ।

महलबाट नदीमा गएर स्नान गर्नका लागि सुरक्षित घाट बनाइएको छ । यो रानीघाटका नामले जगत्प्रसिद्ध छ । कालीको जलमै जग हालेर बनाइएको स्थापत्य ।

यहाँ प्रेमीप्रेमिका आऊन्,रमाऊन् रात बिताऊन्,पाल्पालीले कमाऊन्,बजार बढाऊन्

स्थानीय तहले यसलाई चलाऊन् भन्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मन्त्रणा छ । तर यो मात्र रानीमहलको महत्ता होइन् । यो त समर्पणको स्मारक हो । गण्डकीसँग गाँसिएको गयागृह हो । नेपाली संस्कृतिको संस्थापना हो । हेर्दा यसको भित्तामा नव शास्त्रीय शैली छ तर यसको उद्देश्य आँखा अर्कै छ । विश्वले देखेकोभन्दा बेग्लै विपश्यना छ ।

बुद्धजन्मस्थल लुम्बिनीको खोजीमा सरिक खड्गशमशेरमा सौन्दर्यसेवनको मात्र शोख थिएन पूर्वीय दर्शन र ज्ञानको गण्डकी पनि बगेको थियो । रानी भन्दैमा रिसानी हुने भए रानीपोखरी, रानीवन, रानीकोट,रानीपौवा, रानीगिठो, रानीचरी, रानीबारी,  रानीमासु जस्ता शब्द कहाँ थन्क्याउने ? रानी त उत्कृष्ट लक्षणपुञ्जको पात्र । यहाँको संरचना समृद्ध देखिन्छ ।

श्रेष्ठ सृजना । तर समृद्धिमा संस्कृति हुँदैन मात्र गरीबी,कन्तवियोग, जीर्ण जीउ रुग्णकुटी भोकोनाङ्गो अवस्थामा नेपाली संस्कृति देखिन्छ भन्नु भूल हुनेछ । हाम्रो सभ्यता भव्यताबाटै जन्मेको हो । प्रशस्तिबाटै बाँचेको हो । हर द्वार प्रदानका लागि उघारिएका छन् । हर पहिरन पूर्ण छन् । अभाव र कमजोरी पूर्वको शैली होइन् । हैमसभ्यता पुगीसरीको धुरी र गजुरले बनेको हो । त्यस्तै रानीमहल पनि ।

बरु आज यसलाई कमाइको ताजमहल बनाउने योजना गरिंदैछ । कालीगण्डकी करिडोर बनेपछि यहाँ पर्यटकको ओइरो लाग्नेछ । त्यति खेर यसले थेग्ला नथेग्ला यो आफ्नै रुप र आदर्शमा रहन पाउला नपाउला विचारणीय छ । प्रत्येक पदार्थको दर्शन हुन्छ , निर्माणको पनि अर्थ हुन्छ । यो बुझ्न यसका अवयवको अवलोकन गर्नुछ, त्यसलाई आत्मसात् गर्नुछ । सतहका स्वरमा सत्य नहुन पनि सक्छ गमन गरेरै गम्भीरतापूर्वक यथार्थ ग्रहण गर्नुछ । यो एउटा पर्यटकीय गन्तव्य अवश्य हो तर गहन दृष्टिका साथ ।

रानीमहल त मेलाको मञ्चभन्दा प्राज्ञिक छलफलको ठेगान बन्नुछ । अध्ययन अनुसन्धानको आवासीय प्रशान्त गन्तव्य बन्नुछ । विचारणीय मुद्दा फुकाउने मुकाम बन्नुछ ।

कविको काव्य कविलास बन्नुछ । बजार त जहाँ चलाए पनि हुन्छ तर विचारको टुसो उम्रिन यस्तै जलघाट,वायुवेग,हिमालको शीतली अवतरण, चरीको गान,गण्डकीको सुसाइ,नदीसंगम,कृष्णाको शालग्रामी प्रवाह,उत्तरापन्थी जलयात्राको संयोगमा सम्भव छ ।

गण्डकीको गमन महाकवि कालिदासको काव्यकोण जस्तो । यस स्थानमा अलि माथिल्लो काम गरौं दामकामको दृष्टिका लागि मात्र त दुनिया जता पनि खुलै छ । जसरी पनि जे देखाएर पनि केवल दाम खोज्नु अन्तःकरणको दारिद्रय हो । सभ्यताको भव्य भवनमा दामका लागि दुलो नपारौं ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…