कलाकार भिमबहादुर थापालाई छोरीले दिइन् दागबत्ती

काठमाडौं । वरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ ।

उनको गए राति आफ्नै निवास काठमाडौं मैतीदेवीमा ९२ बर्षको उमेरमा निधन भएको थियो । आर्मीमा सेवारत हुँदादेखि नै ’के घर के डेरा’,सन्तान’ जस्ता सुपर हिट चलचित्रमा अभिनय गरेका कलाकार थापाले ६७ वटा चलचित्र तथा डेढ सय भन्दा बढी टेलिचलचित्रमा अभिनय गरेका छन् । ’तितो सत्य“ टेलिचलचित्रमा अभिनय गरेपछि उनी अझ दर्शकको प्रिय कलाकार बनेका थिए । थापाले अभिनय गरेको पछिल्लो चलचित्र ’छक्का पन्जा २’थियो ।

स्वर्गीय थापालाई श्रद्धाञ्जली दिन चलचित्रकर्मी,संचारकर्मी,नेपाली सेना,शुभचिन्तकहरुको पशुपति आर्यघाटमा उपस्थिति रहेको थियो । उनका २ छोरी र १ छोरा छन् । छोरा प्रकाश थापा अमेरिकामा भएकाले उनलाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् ।

मेजर थापाको जन्म बिस १९८३ साल असार १३ गते खोटाङ जिल्लाको लामीडाँडामा भएको थियो । दोश्रो विश्व युद्द समेत लडेका सेनानी थापाले वृटिश र नेपाल आर्मीको गरि १४ वटा मान पदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट जस्ता सम्मान प्राप्त गरेका छन् । नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका थापाले उमेर हदका कारण विसं २०४१ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट गरेको थियो ।

यसैबीच स्वर्गीय थापाको निधनमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले समवेदना व्यक्त गर्नुभएको छ । हाल विदेश भ्रमणमा रहनुभएका मन्त्री अधिकारीले सामाजिक सञ्जाल मार्फत स्वर्गीय थापाप्रति समवेदना व्यक्त गर्नुभएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…