सबैको आँखा तेर्सिएको विश्वकप फुटबल भोलिदेखि शुरु हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलको २१ औ संस्करण भोलीदेखी रसियाम शुरु हुँदैछ । उद्घाटन खेलमा बिहिबार आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

फुटबलको महासंग्राम अर्थात् विश्वकप फुटबलको बिहिबार मस्कोस्थित लुजनिकी रंगशालामा उद्घाटन हुँदैछ । २१ औ संस्करणको विश्वकपमा युरोपबाट १४,एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट ५–५ र उत्तर अमेरिकाबाट ३ टोली सहभागी छन् ।

३२ राष्ट्र ८ समूहमा बिभाजित विश्वकपको उद्घाटन खेलमा समूह ए बाट आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन । उद्घाटन खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ । विश्वकप फुटबलका लागि सहभागी राष्ट्रका खेलाडी र अफिसियलहरु रसिया पुगिसकेका छन् ।

रसियाको ११ शहरका १२ रंगशालामा हुने विश्वकप १ महिनासम्म चल्नेछ । २०२६ मा हुने फिफा विश्वकपको आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्ने भएका छन ।

विश्वकप सुरु हुनु १ दिनअघि बुधबार रुसमा सम्पन्न फिफाको ६८औं कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको जिम्मा दिएको छ ।  विश्वकप आयोजनाका लागि दावी गरेको मोरक्को भने फिफा सदस्य राष्ट्रहरुबीच भएको मतदानमा पराजित भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…