दार्चुला । जिल्ला अदालत दार्चुलामा बिगतका बर्षको तुलनामा मुद्दाको संख्या बढेको छ । यस आर्थिक वर्षको एक महिना बाँकी छँदै जिल्ला अदालत दार्चुलामा ७७ मुद्दा दर्ता भएका छन् । बुधबार जिल्ला अदालत दार्चुलामा जिल्लास्थित पत्रकारहरुसंगको अन्तरक्रिर्या कार्यक्रममा गत वर्षको तुलनामा मुद्धा बढेको बताइएको हो ।
गत वर्षबाट जिम्मेवारी सरी आएको २३ र नयाँ ७७ ओटा गरी चालू आर्थिक बर्षमा कुल एक सय मुद्धा दर्ता भएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार शेरबहादुर विष्टले बताए । अदालतमा दर्ता भएका मध्ये ६१ थान मुद्धा हालसम्म फछ्र्यौट गरिएको छ ।
जिल्ला अदालत दार्चुलामा दुनियाबादी देवानीतर्फ १२ जिम्मेवारी सरेको २५ नयाँ गरी ३७ मुद्धा रहेकोमा २० फछ्र्यौट भई १७ मुद्धा बाकी छ । सरकारबादी फौजदारीतर्फ ६ थान जिम्मेवारी सरेको २३ नयाँ गरी २९ ओटा मुद्धा रहेकोमा हालसम्म १९ फछ्र्यौट गरी १० थान मुद्धा बाकि रहेको अदालतले जनाएको छ ।
यस्तै दुनियाबादी फौजदारीतर्फ ४ जिम्मेवारी सरेको २९ नयाँ गरी कुल ३३ मुद्धा रहेकोमा २१ फछ्र्यौट भई १२ बाकी रहेको छ । अझै यस आर्थिक वर्षमा मुद्धाको संख्या बढ्नेछ । यो आर्थिक वर्षमा ६८ मुद्दा, २ रिट र २ पुनरावेदन पर्ने प्रक्षेपण गरेको भए पनि हालसम्म रिट र पुनारवेदन नपरेपनि प्रक्षेपण भन्दा बढी मुद्दा परिसकेको श्रेस्तदार विष्टले बताए । अदालतले प्रत्येक वर्ष अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी मुद्दा, रिट र पुनरावेदनको प्रक्षेपण गर्ने जिल्ला अदालत दार्चुलामा स्रेस्तेदार बिष्टको भनाई छ ।
जिल्ला न्यायाधीशहरूको यो आर्थिक वर्षमा चुनावका कारण अपेक्षाअनुसार इजलास बस्न नसकेको र पछिल्लो पटक जिल्ला न्यायाधीको सरुवा भएको कारण मुद्दा फर्छ्योट कम भएको छ ।
जिल्ला न्यायाधिश इश्वरी पराजुलीले अदालतसँग सम्बन्धित सूचनाहरु समन्वय गरेर प्रकाशित एवं प्रशारण गर्न आग्रह गर्नुभयो । जनतामैत्री अदालत र मिडियामैत्री अदालत बनाउँन आफुहरुले चाहेको भन्दै उहाँले अदालतसँग सम्बन्धित कुराहरु सम्वेदनशिल हुने भएकोले समन्वय गरेर समाचार लेख्न उहाँको सुझाब छ ।