कर्णालीको बजेट २३ अर्बको हुने

सुर्खेत । कर्णाली प्रदेशको अर्थ मन्त्रालयले झण्डै २३ अर्बको बजेट ल्याउन लागेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री ज्वालाले ३० अर्बको बजेट ल्याउन लागेको जानकारी दिएका हुन् ।

मन्त्री ज्वालाले आगामी बजेट प्रदेशको उत्पादन र रोजगारीमा केन्द्रीत हुने पनि स्पष्ट पारेका छन् । ५२ प्रतिशत गरिवी रहेको प्रदेशको गरिवी प्रतिशत घटाउन सहयोग पुग्ने योजनाहरु बजेटले समेट्ने ज्वालाले बताए । असार १ गते (भोली) ल्याउन लागेको बजेटको सबै तयारी पूरा भएको छ । मन्त्री ज्वालाका अनुसार यो बजेट समानिकरण तथा सशक्त अनुदान, राजश्व बाँडफाड, चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट र आन्तरिक स्रोतको रुपमा रहेको प्रदेशको राजश्वबाट प्राप्त बजेट हो ।

तर मन्त्री ज्वालाले बजेटको आकार बढ्न सक्ने संकेत गरे । भौगोलिक भूवनाटका कारण अहिलेको बजेट प्रयाप्त नहुने भन्दै ज्वालाले अनुदान वा ऋण लिएरै भएपनि बजेटको आकार बढ्ने जानकारी दिए । ‘प्रदेशका जनताले अनुभूत गर्नेगरी बजेट ल्याउन लागेका छौं’ मन्त्री ज्वालाले भने, ‘चालु आर्थिक वर्षको बजेटबाट सिकाई ग्रहण गर्दै कार्यान्वयमुखी बजेट ल्याउन केन्द्रीत छौं ।’ आगामी आर्थिक वर्षको बजेटको अख्तियारी साउन १ गतेदेखी नै हुने मन्त्री ज्वालाको भनाई छ । ‘साउन र भदौमा प्रक्रियागत सबै तयारी गर्छौँ’ ज्वालाले थपे,‘असोजदेखी जेठसम्म कार्यान्वयन गरि सक्नेछौं ।’

अन्य समयमा खर्च नहुने बजेट असारमै आएर खर्च गर्ने प्रवृत्तीको अन्त्य गर्ने मन्त्री ज्वालाको दावी छ । असारमा खर्च गरिने बजेटले दिर्घकालिन प्रभाव नपार्ने भएकाले जेठ मसान्तसम्म मात्रै खर्च गर्ने परिपाटी मन्त्रालयले बसाल्ने भएको छ । बजेट कार्यान्वयनका लागि कार्यतालिका बनाएर लागु हुने बताएका ज्वालाले पूँजीगत बजेट बढाउने र चालुतर्फको खर्च घटाउने गरी बजेट ल्याउन जानकारी दिए । उनले अत्यावश्यक खर्च बाहेक अन्य खर्चमा मितव्ययीता अपनाउन खर्च मापदण्ड निर्देशिका ल्याइसकेको उल्लेख गरे । प्रदेशको भौतिक पूर्वाधारमै बढी बजेट केन्द्रित रहने पनि ज्वालाको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…