नवलपरासीमा तस्करीको सामान बरामद

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सिमा तस्करीमा कडाई भएको छ । पछिल्लो समय बढदै गएको तस्करीलाई रोक्नको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले सिमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी समान समातिदै गएको छ ।

नवलपरासीको महेपुर भन्सार वरीपरी रहेको खुल्ला नाकामा आज गरीएको गस्ति र चेकजाँचमा ४ लाख बराबरको समान नियन्त्रणमा लिईएको छ । खुल्ला नाका भएर भन्सार छलि गर्दै नेपाल ल्याउदै गरेको साडि सुट्, रोल थान कपडा र फेयर लव्ली लाई सिमा प्रहरी चौकी महेशपुर र शसस्त्र प्रहरी विओपी हरपुरको संयुक्त टोलिले समातेको छ । त्यस्तै भारत लैजानको मोटरसाईकलमा बोकेको २ बोरा मरिच पनि समातिएको छ ।

५२ हजारको ४ सय ३१ पत्ता फेयर लव्ली, १ लाखको २ बोरा मरीच, १ लाखको ५० रोल थान कपडा, १ लाख ५० हजारको१०२ पीस जयपुरी र१०८ पीस कठाई साडि समातिएको विओपी शसस्त्र प्रहरी बल हरपुर शसस्त्र पं्रहरी निरीक्षक प्रकाश ढकालले बताउनु भएको छ । समातिएको सबै समानहरु लाई भैरहवा भन्सार कार्यालय पठाउने तयारी भईरहेको ढकालले भन्नु भयो ।

आइतबार दिउसो १ बजे गस्ति गर्ने क्रममा सरावल गाउपालिकाको बुडन्तवापुरमा पुरै गाँउको घर पछाडि र गोठमा चेकजाँच गर्दा ति समानहरु बरामद गरीएको हो । महेशपुर भन्सारको मुल नाका बाट भन्सार छलि गर्न नपाँउदा खुल्ला नाकाको प्रयोग गर्दै भएको भन्सार छलि लाई रोक्नको लागि जिल्लामा अवस्थित जिल्ला प्रहरी कार्यालय नवलपरासी र शसस्त्र प्रहरी बल नवलपरासी दुबैले चेकजाँचमा कडाई गरेको छ ।

केही दिन अगाडि नवलपरासीको प्रतापपुर गाँउपालिका को बसहिया भन्ने खुल्ला नाका लुकाएर राखिएको ८० हजारको अबैध साडिलाई संघिय प्रहरी कार्यालय भैरहवाको टोलि बरामद गरी नेपाल प्रहरी लाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ…

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…