खेम बम काठमाडौं । बोगटान गाउँपालिका–६ स्थित गगुडामा एकिकृत शुदुरपश्चिम ग्रामिण विकास मञ्चको कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको वडा नम्बर ६ मा रहेको मष्टेश्वर माध्यामिक विद्यालयलाई संस्थाले १० हजार थान विभिन्न लेखकका पुस्तक र ३०० जना बिद्यार्थीहरूका लागि लुगा वितरण गरिएको छ । कार्यक्रममा बिद्यार्थीका लागि आवश्यक कापी र पेन्सिल समेत वितरण गरिएको छ ।
साथै कार्यालयका लागि आवश्यक भित्ते घडी हस्तान्तरण गरिएको छ । कार्यक्रममा वितरण गरिएका पुस्तक र लुगा काठमाडौंमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले सहयोग गरी संकलन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरिलाल चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष विरेन्द्र चन्द रहनुभएको थियो ।
कार्यक्रममा पुस्तक सहयोग गर्ने संस्थाका प्रमुख अभियान्ताहरू सुरेन्द्र बोहरा, रूपा कठायत, उपेन्द्र बोहरा लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण सिलगढीस्थित त्रिवेणी एफ.एमले गरेको थियो । कार्यक्रममा सम्पूर्ण अभिभावक, वडा स्थित कार्यालयका प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, बिद्यार्थीहरूको ठुलो उपस्थिति रहेको थियो । उक्त सहयोगका लागि काठमाडौंमा टेक बमले सम्पर्क समन्वय गरेको सहयोगि संस्थाका अभियान्ता सुरेन्द्र बोहराले बताउनुभयो ।
ग्रामिण भेगका जनता र बिद्यार्थीको अधिकारका निम्ति आगामी दिनमा विभिन्न योजना मार्फत् कार्यक्रम ल्याईने समन्वयकर्ता बमले बताउनुभयो । आर्थिक स्थिति कमजोर भएकै कारण विद्यालय जानबाट बञ्चित बिद्यार्थीका निम्ति विभिन्न कार्यक्रम मार्फत् राहात, सहायता उपलब्ध गराईने बमले बताउनुभयो ।
डोटी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष समेत रहनुभएका बमले आगामी दिनमा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीको अभावलाई कम गर्न, सहयोगी हात अगाडी बढाउन र सामाजिक कार्यमा सहभागि बन्न सबैलाई आग्रह गर्नुभएको छ ।