प्रमोदकुमार शाह
जनकपुर । सयौं धार्मिक स्थल,मन्दिर र पोखरीको धनी जनकपुरधाम अहिले आएर भुमाफियाहरुको चंगुलमा फँस्दै गएको छ ।
गिरनारी कुर्टी,वेला कुट्टिको विग्हौं जमीनमा कब्जा होस या मन्दिरहरु भत्काएर घर निमार्ण देखि लिएर एतिहासी पोखरीलाई भरेर निजी जग्गा बनाउने खेल कयौ वर्ष देखि हुदै आएको कुरा जनकपुरधामका लागि नया होइन । यस्तै भुमाफियाको चंगुलमा जनकपुरधामको मुटुमै रहेको गोपाल धर्मशाला फस्दै गएको छ । करिव ३ विग्हा जग्गामा रहेको धर्मशालामा भुमाफियाहरु चारैतिरबाट कब्जा गरि आफु रजाई गर्दै सटरहरु निमार्ण गरि धर्मशालाको सम्पती नै नाश गर्ने अवस्थामा ल्याएको छ ।
रामचौक देखि दक्षिण सीताराम गौशाला र पुर्व हनुमान टाकिज सम्म फैलिएको धर्मशालाको जग्गामा अहिले पावरफुल भनिनेले वर्षो देखि कव्जा जमाएर वसेका छन । यतिमात्र होइन आफु मुताविक जग्गा कव्जा गरि सटर निमार्ण गर्ने होड समेत रहेको देखिएको छ । आश्चर्यको कुरा के छ भने रामचौकको मुख्य सडकमै रहेको धर्मशालाको जग्गामा वनेको सटरहरु भाडा रेट सुन्दा खेरी आश्चार्य लाग्न सक्छ ।
अहिलेको महगी जमानामा पनि सो सटरहरुको भाडा रेट पाच सय देखि तीन हजार सम्म रहेको छ । यति मात्र होइन धर्मशालाको भित्री कम्पाउन्डमा केहि व्यक्तिहरुले नगरमा आफनो निजी घर वनाएर अरुलाई भाडा लगाई धर्मशालाको जग्गामा समेत घर वनाई पाच सय रुपैयाको भाडा तिरेर वर्षो देखि वस्दै आएको छ । यस सम्वन्धमा गोपाल धर्मशालाको म्यानेजर राजकुमार झा संग सोध्दा उनले भाडा लगाउने सम्पुर्ण निर्णय कमिटि संग रहेको भनि जवाफ फर्काए । सटरहरुको भाडा पाचसय मात्रै किन रहेको र धर्मशालाको कम्पाउण्डमा वर्षो देखि केहि व्यक्तिहरु घर वनाएर किन वसेको त्यसप्रति धर्मशालाले किन चासो नलिएको भन्दा खेरी म्यानेजर झाले हास्दै यो सव आफनो हातमा नरहेको वताए ।
म्यानेजरका अनुसार गोपाल धर्मशालको आम्दानी मासीक एक लाख रहेको र खर्च पचास हजार रहेको छ ।उनको अनुसार धर्मशालाको सटर र धर्मशालाका यात्रीहरुको रुम भाडाको रुपमा दुवैबाट महिनाको सरदर पचास पचास हजार आउने गरेको छ ।जवकि धर्मशालाको दुइतले भवनमा करि ३० वटा कोठा रहेको छ भने चारैतिर ४५ वटा भन्दा बढि सटर रहेको छ ।
अर्को तर्फ दिनहु दसौ हजारौको रुपमा पर्यटकहरु सो धर्मशालामा वस्दै आएको छ भने सय देखि हजारवटा वस धर्मशालामा स्टेण्ड हुने गरेको र प्रत्येक वसको भाडा १ हजार भारतीय रुपैया लिइने गरिएको छ । यसरी हिसाव हेर्ने हो भने भने म्यानेजरले दावी गर्दै आएको महिनाको पचासहजार मात्र आम्दानीको तथ्यांक गलत रहेको छ ।
प्रश्न यहा उठछ कि धर्मशालमा आएको त्यती पैसा काहा जान्छ त ?यस सम्वन्धमा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा त्यहिका स्थानिय सुरेन्द्र भण्डारीसंग धर्मशालाको अवस्थाको वारेमा सोध्दा उनले धर्मशालामा माफियातन्त्र हावी रहेको कुरा स्विकार गरे ।उनले वर्षो देखि धर्मशालामा कव्जा जमाएर हालीमुहाली गर्दै आएकोले धर्मशालालाई ट्रस्ट मा लग्नुपर्ने समय आएको वताए ।उनले भने ः यसको लागि जनकपुर उद्योग वाणिज्य संघबाट धर्मशाला वचाउ अभियानका लागि पहल थालिने र ट्रस्टमा लग्नका लागि पहल गर्ने समेत वताए ।
विंस.१९८३ मा तत्कालिन श्री तीन महाराज संग वकस प्राप्त गरि भारत कलकता निवासी रायवहादुर बलदेव दास रामेश्वर नथानीले निमार्ण गरेको गोपाल धर्मशाला जनकपुधाममा जानकी मातलाई दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि निमार्ण गरिएको वताइन्छ ।हाल आएर उसकै शाखा सन्तानको रुपमा रहेको योगेन्द्र कुमार नाथानी गोपाल धर्मशालाको समतिको अध्यक्ष समेत रहेका छन ।उनी प्रोर्पटी व्यापारी रहेको तथा भारतको राजस्थान,महाराष्ट,गुजरातको ठुल ठुला कम्पनीमा उनको लगानी रहेको वताइन्छ ।
गोपाल धर्मशाला संचालनका लागि वनाइएको समतिमा अध्यक्ष भारतीय भएपछि यसका उपाध्यक्षको नै सम्पुर्ण रजाई चल्दै आएको छ । दिनानुदिन जिर्ण वन्दै गएको धर्मशालाको पुर्ण निमार्णका लागि कसैलाई चासो नरहेपनि धर्मशालाको जग्गालाई प्रयोग गरेर व्यापारी प्रयोजनका लागि प्रयोग गर्नेहरुको लाम नै रहेको छ ।