रंजन भण्डारी
महोत्तरी । जलेश्वर सोमवार विहान टिपरले किचिएर एक १३ वर्षिय वालक गम्भीर घाईते भएका छन्। वालकको वाया खुटटा पुर्ण रुपमा किचिएको र तत्काल थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ना१क ८४१५ नं. को टिपरले जलेश्वर २ खैरा चोक निवासी मोहम्मद कलामका १३ वर्षिय छोरा अफजल अंसारीलाई ठक्कर दिएको हो । वालकको जलेश्वर दुर्गाचोकमै सिलाई पसल राखेकोमा सोहि पसलमा साईकलमा वुवा तथा अन्य आफन्तको लागि वालक टिफिनमा नास्ता लिएर जादै गर्दा दुर्घटना भएको हो ।
दुर्घटना पश्चात तनाव,वजार बन्द :
जलेश्वर दुर्गाचोकको विचमै भ्यु टावर वन्दै गरेको र ठेकेदारले जथाभावी निर्माण सामग्री सडकमै थुपारेर राखेपछि संकुचित भएको वाटोकै कारण दुर्घटना भएको भन्दै ठेकेदार,नगरपालिका र टिपर चालक समेतलाई कडा भन्दा कडा कार्यवाही हुनु पर्ने भन्दै स्थानियहरुले विरोध जनाउदै जलेश्वर वजार बन्द गरेका छन् ।
तनावपुर्ण अवस्था देखिएको जलेश्वर चोकमा सवै किसिमका सवारी साधन वास ठ्डयाएर रोकिएको छ भने भिठामोड जनकपुर सडक तथा अन्य मार्गहरु समेत बन्द गर्ने तयारी भैरहेको छ ।
स्थानिय युवाहरुले टिपरहरुले जथाभावी सडकमा कुदाएर प्रायजसो दैनिक जिल्लाको कुनै न कुनै स्थानमा दुर्घटना हुने गरेकोले टिपर आतंक नै रहेको भन्दै बजार क्षेत्रहरुमा टिपर प्रवेश निषेध समेत हुनु पर्ने मांग गरेका छन् ।
टिपर हाल सोहि स्थानमा रहेको र स्थानियहरुको विरोध तथा सडक जामले जलेश्वरको अवस्था तातिदै गएपछि चोकमा प्रहरीको सकृयता वढाइएको छ ।