Logo
|| June 27, 2018


Nic

सरकारले कर होइन करको दायरा बढाउनुपर्छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले सरकारले हतार गरेर दोहोरो कर लगाउन नहुने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम कर्पोरेट टकमा कुरा गर्दै श्रेष्ठले नेपाल अझै पनि अत्यावश्यक कुराहरु मै आत्मनिर्भर बन्न नसकेकाले दोहोरो कर लगाउने सरकारको नयाँ नीति प्रभाबकारी नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले पनि हामी कृषीमा समेत आत्म निर्भर बन्न सकेका छैनौ, अर्कोतिर हाइड्रोको कुरा गर्ने हो भने पनि हामी पर निर्भर नै छौँ ।” उहाँले बिदेशमा पढ्न गएका युवाहरुलाई स्वदेश फर्किने वातावरण मिलाउनु पर्नेमा जोड दिनुभयो ।

कर बढाउने भन्दा पनि सबैलाई करको करको दायरामा ल्याउनसके आर्थिक सम्भब हुने उहाँले बताउनुभयो ।

आर्थिक समृद्धिका लागि बढी पर्यटक धित्र्याउने भन्दा पनि क्वालिटी टुरिष्ट ल्याउन जोड दिनुपर्ने उहाँको भनाई छ । सरकारले नीतिमा लिएका कुराहरुलाई अक्षरश पालना गरेपनि मुलुको आर्थिक बिकास हुन सक्ने भएकाले आफूहरुको मुख्य माग नै सरकारले निजीक्षेत्रसँग गरेका प्रतिबद्धता र उसले लिएका नीतिको कार्यान्वयन नै भएको बताउनुभयो ।

हेर्नुहोस् पूरा भिडियो –

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…